Everest Premier League

इपिएललाइ टिभियसको साथ

Everest Premier League 2017

पुस ४ गते देखी कीर्तिपुरमा हुने एभरेस्ट प्रिमियर लिग इपीएलको मुख्य प्रायोजन टिभिएस मोटर्स कम्पनीले गर्ने भएको छ ।

राजधानीमा आज आयोजीत कार्यक्रममा इपीएल प्राली र टिभिएसको नेपाली डिस्ट्रिबुटर जगदम्बा मोटर्स प्रालीबीच प्रायोजनका लागि सम्झौता पत्रकमा हस्तक्षर भएको हो । इपीएलका तर्फबाट म्यानेजिङ डिरेक्टर अमिर अख्तर र जगदम्बा मोटर्सका तर्फबाट म्यानेजिङ डिरेक्टर शाहिल अग्रवालले सम्झौता पत्रमा हस्ताक्षर गरेको छ ।

सम्झौता एक वर्षको लागि हुनेछ । जगदम्बाले प्रथमपुरस्कार २१ लाख सहित म्यान अफ दी सिरिज बिजेतालाई एक थान टिभिएस बाइक प्रदानगर्नै सहमती भएको छ भने अन्य सहयोगको बारेमा केही खुलाइएन । कीर्तिपुरस्थित टीयू मैदानमा संचालन हुने प्रतियोगिता राउण्डरोविन लिगको आधारमा संचालन हुने छ । जस्मा ६ शहरका ६ फ्रेन्चाइज टिमले भाग लिएका छन् । टिमहरुले खेलाडी छनोट हिजो नै अक्सनबाट गरिसकेका छन् ।

Most Popular

To Top