ICC World Cricket League Championship

नेपाल र हङकङ बीचको दोस्रो खेल टाइफुन (सामुन्द्रिक आँधी) का कारण रद्ध, खेल भोली हुने

विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेपाल र हङकङ बीच आज हुने भनिएको दोस्रो खेल टाइफुन (सामुन्द्रिक आंधी)का कारण तत्काल नहुने भएको छ ।

स्थानिय समय अनुसार विहान ९ बजेतिर टाइफुन आठ आउने भएपछि खेल निर्धारित समयमा नहुने भएको हो । यो समयमा प्रति घन्टा एक सय ४० को गतिमा हावा चल्ने बताइएको छ । हावा सँगइ हिजो राती देखी पानी परेको ले ग्राउण्ड पनि गिलो भएको छ ।

तालिका अनुसार खेल नेपाली समय अनुसार सवा सात बजे सुरु हुनु पर्ने थियो । म्याच रेफ्रिले अर्को सुचना नआउनजेल सम्मका लागि नेपाली टोलीलाइ होटलबाट बाहिर ननिस्कन जानकारी गराएको ब्यबस्थापक रमन शिवाकोटीले जानकारी दिएका छन । हङकङमा दिउसो पानी पनि पर्नेै मौसम विभागको अनुमान रहेको छ ।

यसै बिच हङ कङ क्रीकेट ले खेल भोली लाई सारेको जान्कारी दिएको छ ।

Most Popular

To Top