ICC World Cricket League Championship

विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेपालले भोली हङकङ विरुद्ध पहिलो खेल खेल्दै

विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेपालले भोली हङकङ विरुद्ध पहिलो खेल खेल्दैछ । तर नेपाली टिमका भरपर्दा खेलाडी शरद भेषवाकर अस्वस्थताका कारण नखेल्ने भएका छन । जसका कारण प्रशिक्षक जगत टमाटाले ब्याटिङ अडरमा केहि परिवर्तन गर्ने बताएका छन । शरद टिममा नहुनु र मैदानको आकार सानो र च्याम्पियनसिपमा नेपाली बलरको प्रदर्शन खासै राम्रो नहुनुले टिमलाई दबाव भने परेको छ ।

हङकङको मिसन रोड स्थित टिम मोङ रिक्रियनको मैदानमा हुने खेलका लागि नेपाली टिम पुर्ण तयारीका साथ पुगेको थियो । तर अन्तिम समयमा भरपर्दा खेलाडी शरद भेषवाकर भाइरल ज्वरोका कारण प्रशिक्षणमा पनि नआएपछी उनि नखेल्ने भएका छन । अन्तिम दिनसम्म एक सय एक डिग्री जोरोका कारण होटेलमा बसेका छन । शरद च्याम्पियनसिपमा सर्वाधिक रन बनाउने खेलाडीमा दोस्रो स्थानमा आउछन । उनले १० इनिङमा तीन सय २१ रन बनाएका थिए । अब शरद नखेल्ने भएपछि उनको स्थानमा पहिलो खेलमा कप्तान पारस खडकालाई तेस्रो नम्वर उतार्ने तयारी प्रशिक्षक जगत टमाटाले गरेका छन ।

Nepal Cricket team

शरद अनुपस्थित हुने भएपछि कप्तान पारस खडकाले पनि आफुलाई आएको जिम्मेवारी पुर्ण रुपमा पुरा गर्ने बताए । यो प्रतियोगितामा पारसले आठ खेलमा तीन सय ५२ रन बनाएका छन । भरपर्दा खेलाडी नहुनेभएपछि कप्तान पारसले यस्तो बताए ।

अब शरदको स्थानमा नरेश दोस्रो खेलमा उत्रने सम्भावना रहेको छ । उनि यसका लागि हङकङ गइसकेका छन । यतिमात्र होइन पिचको कन्डिसन र मैदानको आकार तथा विदेशी भुमिमा नेपाललाई ठुलो असर पार्नेछ । अवे खेलमा खेलका ६ खेलमा नेपालले एकमा मात्र जित निकालेका छ । त्यसमा पनि यो च्याम्पियनसिपमा नेपाली बलरको प्रदर्शन पनि खासै उत्साहजनक छैन । भरपर्दा स्पिनर शक्ति गौचन टिममा छैनन ।

Basant Regmi

अहिलेसम्म च्याम्पियनसिपमा बसन्त र सोमपाल बाहेर अरु बलरले खासै राम्रो गरेका छैनन । त्यसको विपरीत हङकङ टिममा पनि यसपटक निकै परिवर्तन गरिएको छ । यसअघि नेदरल्याण््ड विरुद्धको खेलमा टिममा रहेका धरै खेलाडी अहिले टिममा छैनन । यसपटक हङकङ टिमका लागि भरपर्दा खेलाडीका रुपमा अन्सुमान राथ रहेका छन । उनले सात खेलमा कुल चार सय ९८ रन बनाइसकेका छन ।

टिमका मुख्य बलर नदिम अहमद पनि टिममा नहुदा नेपाललाई केहि फाइदा हुनसक्छ । १२ बर्षपछि हङकङमा खेल्न लागेको नेपाली टिमलाई पिचको ज्ञान नहुनु पनि घाटा हुनसक्छ ।

Most Popular

To Top