International News

पाकिस्तानलाइ एकदिवसिय श्रृखला

पाकिस्तानले तेस्रो डे नाइट वान डेमा बुधबार राति श्रीलंकालाई सात विकेटले हराएको छ । यस जितपछि ५ खेलको सिरिजमा पाकिस्तान ३–० ले अगाडि रह्यो र सिरिज जित्न सफल रह्यो ।

पहिले ब्याटिङ गरेको श्रीलंकाले सेख जयेद स्टेडिममा ४८.२ ओभरमा अलआउट हुन अगाडि २ सय ८ रन मात्र बनाउन सक्यो । त्यसमा पेसम्यान हसन अलिले ५ विकेटको प्रदर्शन गरे । जवाफमा पाकिस्तानले ४२.३ ओभर मात्र उपयोग गरेर तीन विकेटमा २ सय ९ रन बनाउन सफल रह्यो । पाकिस्तानका लागि प्रारम्भिक ब्याट्सम्यान इमाम उल हकले शतकीय इनिङ्स खेले । यसै खेलबाट उनले वान डे क्रिकेटमा डेब्यु पनि गरे ।

Most Popular

To Top