International News

अष्ट्रेलिया विरुद्धको श्रृखला भारतले ४-१ ले जित्यो

अष्ट्रेलिया विरुद्धको पाचौ तथा अन्तिम एकदिवसिय खेलमा भारत सात विकेटले विजयी भएको छ । जितसंगै भारतले पाच खेलको श्रृखला चार एकले आफनो पक्षमा पारेको छ ।

भारतको नागपुरमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको पाहुना टिमले ५० ओभरमा नौ विकेट गुमाउदै दुई सय ४२ रन बनायो । ६६ रन हुदा पहिलो विकेट गुमाएको अष्ट्रेलियाका लागि डेविड वार्नरले ५३, मार्कुस स्टोनिस ४६, टिम हेडले ४२ रन बनाउदा आरोन फिन्चले ३२ रनको योगदा गरे । बलिङ तर्फ भारतका लागि अक्सर पटेलले तीन तथा जसप्रित बुर्माहले दुई विकेट हात पारे ।

जवाफमा भारतले ४२ ओभर पाच बलमा तीन विकेट गुमाउदै लक्ष्य पुरा गरयो । उत्कृष्ट सुरुवात गरेको भारतले पहिलो विकेटका लागि एक सय २४ रनको साझेदारी गरेको थियो । उसका लागि रोहित शर्माले एक सय २५ रनको पारी खेल्दा अजिन्क्या राहाणेले ६१ तथा कप्तान विराट कोहलीले ३९ रन बनाए । रोहितको एकदिवसिय क्रिकेटमा १४ औ सतक हो । प्रतियोगिताको म्यान अफ द सिरीज हार्दिक पाण्डे बने ।

Most Popular

To Top