International News

भारतलाइ श्रृखला, किर्तीमान बनाएका कोहली म्यान अफ द सिरीज

न्युजिल्याण्ड विरुद्धको तेस्रो तथा अन्तिम एकदिवसिय खेलमा भारतले ६ रनको रोमाञ्चक जित निकालेको छ । जितसंगै भारतले ३ खेलको सिरिज २-१ ले आफ्नो पक्षमा पार्यो ।

ग्रिनपार्क मैदान कानपुरमा टस हारेर पहिले ब्याटिंगको निम्तो पाएको भारतका लागि रोहित शर्माको १३८ बलमा १८ चौका र २ छक्का सहित १४७ रन तथा विराट कोहलीको १०६ बलमा ९ चौका र १ छक्का सहित ११३ रनको मद्दतमा भारतले ५० ओभरमा ६ विकेट गुमाउदै ३ सय ३७ रन बनायो । न्युजिल्यान्डका मिचेल स्यांटनर, एडम मिल्ने र टिम साउथीले समान २ विकेट हात पारेका थिए ।

जवाफी ब्याटिंगमा उत्रेको न्युजिल्यान्डले उत्कृस्ट सुरुवात गरेको थियो । उसका कोलिन मुन्रो ले ७५, टम लाथम ले ६५ तथा कप्तान केन विलियम्सनले ६४ रन बनाउदा रोस टेलरले ३९ र हेनरी निकोलसले ३७ रन बनाए । न्युजिल्यान्डलाई ३ सय २१ रनमा रोक्दै भारतलाई सिरिज जिताउन उत्कृस्ट बलिंग गरेका जस्प्रित बुम्राहले ३ विकेट हात पारे, चाहलको नाममा २ विकेट तथा भुवनेश्वर कुमारको नाममा १ विकेट रह्यो ।

भारतका लागि उत्कृस्ट प्रदर्शन गरेका रोहित शर्मा म्यान अफ द म्याच तथा कोहली म्यान अफ द सिरिज चुनिए । कप्तान विराट कोहलीले आफ्नो एकदिवसीय खेल जीवनको ३२ औ शतक प्रहार गरेका हुन् । यस्तै उनले एकदिवसीय क्रिकेटमा सबै भन्दा छिटो ९ हजार रन समेत पुरा गरे ।

Most Popular

To Top