International News

पहिलो खेलमा भारत पराजित

न्युजील्यान्डले भारत विरुद्धको पहिलो एकदिवशीयमा ६ विकेटको जीत हात पारेको छ । यो संगै न्युजिल्यान्डले तीन एकिदवशीय श्रङखलामा एक शुन्यको अग्रता लियो ।

मुम्बइ स्थि वाङखडे स्टेडियममा टस जितेर ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउदै दुइ सय ८० रन बनाएको थियो । उसका लागि विराट कोहलीले शतक प्रहार गरे । एक सय २५ वल खेलेका कोहलीले नौ चौका र दुइ छक्काको मतदमा एक सय २१ रन बनँएका थिए । कोहलीको यो दुइ सयौं एकदिवशीय खेल र करियरको ३१ औं शतक हो ।

दिनेश कार्तिकले ३७ र भुवनेश्वर कुमारले २६ रन जोडे । न्युजील्यान्डका ट्रेन्ट बोल्टले चार र टिम साउथीले तीन विकेट विलए । जवाफमा दुइ सय ८१ रनको लक्ष्य न्युजील्यान्डले ४९ ओभरमा चार विकेट गुमाउदै पुरा गर्यो । न्युजील्यान्डको जीतमा टम लाथम र रोज टेलरले चौथो विकेटका लागि दुइ सय रनको साझेदारी गरेका थिए । लाथमले अविजीत एक सय तीन र टेलरले ९५ रनको योगदान दिए ।

एक सय दुइ वल खेलेका लाथमले आठ चौका र दुइ छक्का हिर्काएका थिए । मार्टिन गप्टिलले ३२ रन बनाए । वाङखडेमा कुनैपनि टिमले चेज गरेको यो अहिले सम्मकै उच्च स्कोर हो । यस्तै सन २०११ यता भारतले यो मैदानमा भएको एकदिवशीय खेलमा जीत हात पार्न सकेको छैन् । दोस्रो एकदिवशीय बुधबार पुणेमा हुनेछ ।

Most Popular

To Top