National News

माछापुच्छ्रे क्रिकेट क्लवले दुवइ टुर गर्ने

पोखराको माछापुच्छ्रे क्रिकेट क्लब अभ्यास खेलका लागि दुबई जाने भएको छ।

आगामी नोभेम्बर १७ देखि २२ तारिखसम्म एमसिसीको क्लब दुबईमा खेल्ने भएको छ। एमसीसीले आइसिसी एकेडेमीको मैदान र एसिसी एजमनको मैदानमा दुईवटा अभ्यास खेल खेल्ने छ । क्लबका खेलाडीलाई अन्तराष्ट्रियस्तरको एक्सोजर दिन भम्रणले भूमिका खेल्ने एमसिसीका कप्तान दिपेश खत्रीले बताए । उनले आगामी दिनमा अन्ये देश र ठाउँमा विभिन्न क्लबहरुसँग पनि अभ्यास खेलहरु खेलिने पनि जानकारी दिए । दुबई जाने एमसिसीको टोलीमा खत्रीसँगै अन्य राष्ट्रिय खेलाडीहरु सोनु तामाङ, सुमन उदय, रविन जोशी, प्रितम दुवाल श्रेष्ठ, सुमन चौलागाई लगायतका खेलाडी छन् ।

१८ नोभेम्बरमा एमसिसीले दुबईको पुरानो मध्येको एक दार्जिलिङ क्रिकेट क्लबसँग आइसिसी एकेडेमीमा पहिलो खेल खेल्नेछ । त्यस्तै १९ नोभेम्बरमा वाइटिसिएसँग दोस्रो अभ्यास खेल खेल्ने एमसिसीले जनाएको छ ।

Most Popular

To Top