International News

मिलरले पनि बनाए किर्तिमान

बंगलादेश विरूद्वको खेलमा दक्षिण अफ्रिकाका डेविड मिलरले सवैभन्दा कम बलमा अन्तराष्ट्रिय टी-२० शतक प्रहार गर्दै कीर्तिमान रचेका हुन्।

आइतबार भएको दोस्रो खेलमा मिलरले मात्र ३५ बलमा शतक प्रहार गर्दै सवैभन्दा छिटो कीर्तिमान बनाउने रेकर्ड आफ्नो नाम लेखाए । आफ्नो पारीमा उनले नौ छक्का र ७ चौका प्रहार गरे। जसको मदतले दक्षिण अफ्रिकाले २० ओभरमा २ सय २४ रनको लक्ष्य प्रस्तुत गरेका थिए। जवाफमा बंगलादेश मात्र १ सय ४१ रन रोकिए पछि दक्षिण अफ्रिका ८३ रनले विजयी हुदै श्रृखला क्लिन स्विप गर्यो ।

टी-२० मा सबैभन्दा छिटो शतक बनाउने कीर्तिमान यसअघि दक्षिण अफ्रिकी खेलाडी लेवीको नाममा थियो । उनले २०१२ मा ४५ बलमा शतक प्रहार गरेका थिए।

Most Popular

To Top