National News

नेपाली क्रिकेट टिम अन्तिम तयारीमा जुट्यो

विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत हङकङ विरुद्धको खेलका लागि नेपाली क्रिकेट टिमको तयारी अन्तिम चरणमा पुगेको छ । च्याम्पियनसिपको शिर्ष चारमा स्थान बनाउन जित्नै पर्ने दबावमा रहेको नेपाली टिमको मुख्य चुनौती हङकङलाई उसकै मैदानमा हराउनु हो ।

सन् २०१९ को विश्वकप छनोट खेलका लागि विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपालले शिर्ष चार स्थानमा अटाउनु पर्नेछ । हाल तालिकाको छैटौ स्थानमा रहेको नेपालका लागि हङकङ विरुद्धको खेल गर या मरको अवस्थामा छ । किनकी अब नेपालले एक खेल पनि हारेमा प्रतियोगिताको शिर्ष चारमा पुग्न असम्भव हुनेछ । त्यो दबाव टिमलाई निकै रहेको छ । त्यसैले पनि खेलाडीले त्यहि अनुसारको तयारी गरेका छन ।

पछिल्लो एक महिनादेखि तयारीमा रहेको नेपाली क्रिकेट टिमले दशै अगाडी चेन्नेइमा गएर प्रशिक्ष्ँण गरेको थियो । सो अभ्यासले पनि नेपाली खेलाडीमा थप आत्मविश्वास बढेको छ । नेपालले अन्तिम पटक हङकङसंग इमर्जिक कपमा खेलेको थियो । जसमा नेपाल विजयी भएको थियो । तर नेपालले हङकङ विरुद्ध उसकै मैदानमा नखेलेको धरै भइसक्यो । जसका कारण त्यहाको मैदानको कन्डिसनले टिमलाई फरक पार्न सक्छ ।

यसपटक नेपाली टिममा अनुभवी खेलाडी शक्ति गौचन हुनेछैनन । उनको स्थानमा युवा खेलाडीले मौका पाएका छन । यो प्रतियोगिता पुरै टिमका साथै ती खेलाडीका लागि पनि आफनो क्षमता देखाउने मौका हुनेछ । नेपालले असोज २७ र २९ गते हङकङ विरुद्ध खेल्दैछ ।

Latest News

To Top