Nepal Cricket

कठिन बाटो हिडनुपर्ने नेपाली क्रिकेटलाइ

नेपाली खेलकुदमा निकै रुचाइएको खेल क्रिकेट पछिल्लो पटक विभिन्न कारणले खस्कदै गएको अवस्थामा पुगेको छ । चाहे त्यो नतिजाका हिसावले होस या प्रशासनिक हिसावले । आन्तरीक किचलोका कारण प्रतिबन्धमा परेपछि नेपालमा क्रिकेटको आधिकारीक निकाय नहुदाको नतिजा क्रिकेट टिममा प्रत्यक्ष देखिन थालेको छ ।

सन् २००८ मा डिभिजन ५ खेल्दा सायदै कमैले सोचेका थिए नेपालले विश्वकप खेल्छ भनेर । तर यो नौ बर्षको अवधिको नेपाली क्रिकेट धरै सफलता र आलोचना विच वित्यो । चाहे त्यो क्रिकेट संघको विवाद होस या पदाधिकारीको मनमुटाव र खेलाडीको असन्तुष्टी । थोरै सुविधाका विच अगाडी बढेको नेपाली क्रिकेट यतिबेला फेरी ओरालो लाग्न सुरु भएको त हैन भन्ने प्रश्न उब्जिएको छ । एकातीर नेपाली क्रिकेट संघ के हुन्छ भन्ने कोतुहल छदैछ त्यसमा पनि नेपाली क्रिकेटले कुन रुप लिने हो भन्ने ठुलो प्रश्न छ । तर नेपालका आधिकारीक निकाय नहुदाको असर यतिबेला टिममा परेको छ ।

विश्वकप छनोट खेल्न सजिलो बाटोमा हिडेको नेपाललाई ठुलो ठेस लागेको छ । अब नेपालले डिभिजन २ मा पुन खेलेर शिर्ष दुई स्थानमा स्थान बनाउनु पर्नेछ । जुन निकै कठिन बाटो हो । यतिमात्र होइन यो पटक शिर्ष चारमा पुगेर विश्वकप छनोट खेलेको भए नेपाली टिमले चार बर्षका लागि एक दिवसिय मान्यता पाउने थियो । तर सबै सम्भावना यतिबेला नेपालका लागि टरेको छ । यसमा सबै भन्दा ठुलो दोष कसको भन्दा कप्तान पारस खडकाको भनाई यस्तो छ ।

“राष्टिय प्रतियोगिताको भरमा खेलाडी छान्नु आफैमा पनि चुनौती हो, नतिजा राम्रो नदिएपछि धरै आलोचना आउछ त्यो स्वभाविक हो । तर आफुपनि पछिल्लो केहि टुरमा खेलाडी छनोट समितीमा बसेको भएर उत्कृष्ट त भन्दिन राम्रा खेलाडी छनोट गरेको हो । तर खेलाडीले पनि जिम्मेवारी भएर खेल्नुपर्ने खेलेन त्यसका कारण हामीले फेरी नया किसिमले सुरुवात गर्नुपर्नेछ । यदि सो नगरे र जिम्मेवार नभए फेरी हामी यो भन्दापनि तल झर्नेछौ”

यतिमात्र होइन यो नतिजा आउनुको पछाडी घरेलु क्रिकेट राम्रो नहुनु, खेलाडी छनोटमा पनि स्वच्छता नुहुन भन्ने देखिएको छ । सिमित खेलाडीबाट टिम तयार पार्नुपर्ने बाध्यता, त्यसमा पनि घरेलु प्रतियोगितामा राम्रा देखिएका खेलाडीले स्थान नपाउनु यो सबै टिमको कमजोरीका पाटा हुन ।

अब यो हारले नेपाली क्रिकेटले ठुलो पाठ सिक्न जरुरी छ । मुखमा आएको अवसरलाई गुमाउनाले पनि यति बेला खेलाडी पनि निरास भएका छन ।
नेपालले डिभिजन २ मा पनि निकै मेहेनतका साथ चार टिमलाई हराउनु पर्ने हुन्छ । अब पनि सबै निकाय सचेत भएनन भने फेरी नेपालले अर्को कठिनाइ भोग्न सक्नेछ ।

Most Popular

To Top