National News

नेपाली क्रिकेट टिमले भोली देखि प्रशिक्षण थाल्ने, २४ गते हङकङ जाने

विश्व क्रिकेट लिग (डब्लुसिएल) च्याम्पियनसिप अन्तर्गत हङकङबिरुद्धको छैटौं चरणको खेलका लागि नेपाली क्रिकेट टिमले बुधबारदेखि पुन: प्रशिक्षण थाल्ने भएको छ।

दशैंका लागि नेपाली टिमलाई पाँच दिन विदा दिइएको थियो। विदापछि मंगलबारदेखि अभ्यास हुनु पर्ने भएपनि केहि खेलाडी काठमाडौं बाहिर भएकाले बुधबारदेखि अभ्यास थाल्ने प्रशिक्षक जगत टमाटाले बताए। ‘सबै खेलाडी मंगलबार काठमाडौं आइपुग्छन्,’ प्रशिक्षक टमटाले भने,बुधबारदेखि प्रशिक्षण सुरु हुन्छ। हङकङ उड्नुअघि नेपालले ६ दिन त्रिभुवन विश्वविद्यालय मैदानमा अभ्यास गर्नेछ। नेपाली टिम २४ असोजमा हङकङ प्रस्थान गर्ने प्रशिक्षक टमाटाले जानकारी दिए।

नेपाल र हङकङबीच आगामी १३ र १५ अक्टोबर (असोज २७ र २९) मा छैटौं चरणमा प्रतिस्पर्धा हुँदै छ। डब्लुसिएलको पाँचौं चरणको समाप्तिमा नेपाल ८ अंक जोडेर छैटौं स्थानमा छ। नेपाललाई शीर्ष चारमा रहेर एकदिवसीय विश्वकप छनोट हुन हङकङसँगको खेल जित्नैपर्ने दबाव छ। हङकङ विरुद्ध खेलको तयारीका नेपाल दशैंअघि १० दिन भारत भ्रमणमा गएको थियो। दशैंको फूलपातीमा फर्किएको नेपालले भारतमा चार वटा अभ्यास खेल खेलेको थियो। चार मध्ये नेपालले तीन खेलमा जित हात पारेको थियो।

Most Popular

To Top