ICC World Cricket League Championship

नेपाल हङकङ बिचको दुई खेल युटुबमा प्रत्यक्ष प्रसारण हुने

विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत अक्टोबर १३ र १५ तारिख (असोज २७ र २९) नेपाल विरुद्ध हुने दुई खेलको हङ्कङ क्रीकेटले आफ्नो आधिकारीक युटुब च्यानलमा प्रत्यक्ष प्रसारण गर्ने भएको छ ।

मङ कोक स्थित मिसन रोड खेल मैदानमा खेलिने दुबै खेलको युटुबमा प्रत्यक्ष प्रसारण हुने भएपछी नेपाली क्रीकेट प्रेमीहरु माझ उत्साह बड्ने छ । खेल नेपाली समय अनुसार बिहान ८:१५ बजे देखी सुरु हुने छ ।

सन् २०१९ को विश्वकप छनोट खेलका लागि विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपालले शिर्ष चार स्थानमा अटाउनु पर्नेछ । हाल तालिकाको छैटौ स्थानमा रहेको नेपालका लागि हङकङ विरुद्धको खेल गर या मरको अवस्थामा छ । किनकी अब नेपालले एक खेल पनि हारेमा प्रतियोगिताको शिर्ष चारमा पुग्न असम्भव हुनेछ ।

यसपटक नेपाली टिममा अनुभवी खेलाडी शक्ति गौचन हुने छैनन ।

पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल (उप-कप्तान), शरद भेषावाकर, बसन्त रेग्मी, सागर पुन, सोमपाल कामी, विनोद भण्डारी, करण केसी, सुशन भारी, आरिफ शेख, ललित सिंह भण्डारी, सुशील कँडेल, सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरी अन्तिम १४ खेलाडीका रुपमा हङ्कङ जादै छन ।

बैकल्पिक खेलाडीका रुपमा नरेश बुढाएेर, महबुब आलम, जितेन्द्र कुमार मुखिया र कुशल भुर्तेललाई राखिएको छ ।

To Top