ICC World Cricket League Championship

नेपाल र हङकङको खेल हुने मैदान यस्तो छ

विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेपाल विरुद्धको खेलका लागि हङकङको सम्पुर्ण तयारी पुरा भएको छ । अष्टेलियामा गएर अभ्यास गरेको हङकङले घरेलु मैदानमा यहि शुक्रबार नेपाल विरुद्ध खेल्दैछ । जसका लागि पुर्वाधारको तयारी पुराभएको छ ।

हङकङको मङकोक स्थित मिसन रोड क्रिकेट मैदानमा नेपालले विश्व क्रिकेट लिगको महत्वपुर्ण खेलमा घरेलु टिमको सामना गर्दैछ । केन्याले नेदरल्याण्डसलाई हराएपछि नेपाललाइ अब विश्व क्रिकेट लिग च्याम्पियनसिपमा जितको विकल्प छैन । नेपाल विरुद्धको खेलका लागि मिसन रोड स्थित क्रिकेट मैदानको तयारीपुरा भएको छ । यो मैदान तुलनात्मक रुपमा सानो रहेको छ ।

खेल हुने पिचको अगाडी पछाडीका लम्बाइ मात्र ५५ मिटर छ भने चौडाई भने ७० मिटरको छ । बंगलादेशी मुलका क्युरेटरले बनाएको पिच स्पिनरलाई बढी साथ दिने खालको हुनेछ । तर खेल हुने दुबै दिन स्थानिय तापक्रम बढि हुने भएकाले पनि पछि ब्याटिङ गर्ने टिमलाई पिचले खासै असर गर्नेछैन । नेपाल विरुद्धको खेलका लागि हङकङले अष्टेलिया गएर अभ्यास गरेको थियो । तर उसले कुनैपनि खेलमा जित निकाल्न सकेको थिएन । यता नेपालले पनि चेन्नेईमा अभ्यास गर्दा पाच खेलमा एकमा हार ब्यहोरेको थियो ।

आइ लिगका साथै एकदिवसिय मान्यता पाएको हङकङलाई उसकै मैदानमा हराउन त्यति सजिलो भने हुनेछैन । नेपाल र हङकङले अन्तिम पटक इमर्जिङ कपमा खेल्दा नेपालले जित निकालेको थियो । तर सो टिममा मुख्य चार खेलाडी थिएनन । हङकङले पनि नेपाल विरुद्धका दुबै खेल हारेमा शिर्ष चारमा अटाउन कठिन हुनेछ । त्यसैले पनि उसलाई घरेलु मैदानको फाइदा हुुनुका साथै त्यहि अनुसारको रणनिती अपनाएको पुर्व प्रशिक्षक चाल्र्स बुर्कले बताए ।
लिगमा चार खेलबाकि हुदा नेपाल सातौ स्थानमा झरेको छ भने हङकङ पाचौ स्थानमा छ । अष्टेलियाबाट फर्किएको हङकङ टिमले केहि दिनको आराम पछि भोलीबाट तयारी सुरु गर्दैछ ।
नेपाली टिम भने भोलि राति हङकङका लागि प्रस्थान गर्नेछ । जहा उसले खेलको अघिल्लो दिन मैदान निरीक्षण गर्नेछ ।

To Top