ICC World Cricket League Championship

नेपाली टिम हङकङमा, जितको विकल्प नहुने पारसको भनाइ

विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत हङकङ विरुद्धको खेलका लागि नेपाली टिम हङकङ पुगेको छ । २०१९ को एकदिवसिय विश्वकप छनोटका लागि शिर्ष चारमा स्थान बनाउन हङकङ विरुद्धको खेल निकै महत्वपुर्ण रहेको छ । टिमलाई आज विहान हङकङको अन्तराष्टिय विमानस्थलमा नेपालीबासीले स्वागत गरे ।

च्याम्पियनसिपको शिर्ष चारमा स्थान बनाउन हङकङलाइ उसकै मैदानमा हराउनुपर्ने लक्ष्य सहित पुगेको नेपाली टिमका कप्तान पारस खडकाले लामो समयपछि हङकङमा खेल्न लागेकाले चुनौती भएपनि राम्रो क्रिकेट खेल्ने र जीत निकाल्नेमा विश्वस्त रहेको बताए । साथै उनले पिचको कन्डिसन हेरेर बलिङ रणनिती अपनाउने बताए । नेपालले अब एक खेलपनि हारेमा शिर्ष चारमा पुग्ने सम्भावना समाप्त हुनेछ । त्यसैले पनि नेपाली टिमलाई बाकि सबै खेलमा जित आवश्यक छ । कप्तान पारसले नेपाली टिमलाई जितको विकल्प नभएकाले त्यहि अनुसार मैदानमा उत्रने बताए ।

नेपाली खेलाडीलाई विमानस्थलमा हङकङबासीहरुले स्वागत गरेका थिए । नेपालले यहि शुक्रबार र आइतबार मोङ कोङ क्रिकेट मैदानमा खेल्दैछ । यसका लागि टिमले आजै मैदान पुगेर सामान्य प्रशिक्षण गर्नेछ । करीव दुई महिनाको प्रशिक्षण पछि हङकङ पुगेको नेपाली टिममा केहि नया अनुहार पनि रहेका छन ।

मैदानको आकार सामान्य भन्दा कम भएको हुदा दुई सय ५० भन्दा कमस्कोर विपक्षीलाई सहजै पार गर्न सकिने हुनाले राम्रो खेल्नुपर्ने पारसको भनँई छ । यसका साथै पिच पनि नया भएकाले स्पिनरलाई सजिलो हुने बताइएको छ । यसमा पनि हङकङका अनुभवी खेलाडी यसपटक टिममा नहुदा पनि नेपाललाई सजिलो हुने प्रशिक्षक जगत टमाटाको भनाइ छ ।

तस्विर

To Top