ICC World Cricket League Championship

मैदान र पिचको अवस्थाले दुबै टिमलाइ दबाव हुने- पारस खड्का

Paras Khadka

विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत हङकङ विरुद्धको खेल हुने मैदान सानो भएकाले खेल्न सजिलो नहुने कप्तान पारस खडकाले बताएका छन । साथै उनले मैदान सानो भन्दैमा एकदिवसिय खेलमा हौसिएर खेल्दा झन घाटा हुने धारणा राखे । यस्तै प्रशिक्षक जगत टमाटाले मैदान र पिचको अवस्था हेरेर आफनो प्लान अनुसार मैदानमा उत्रने बताए ।

विश्व क्रिकेट लिगका लागि आज हङकङ पुगेको नेपाली टिमका कप्तान पारस खडका र प्रशिक्षक जगत टमाटाले मैदानको निरीक्षण गर्दै बाउन्ड्रिको साइज सानो भएकाले सचेत भएर खेल्न आवश्यक भएको बताए । कप्तान पारस खडकाले यो भन्दा अगाडी पनि यस्तो सानो मैदानमा खेलिसकेकाले ब्याट्म्यानले आक्रामक रुपमा भन्दापनि ५० ओभरका खेल पुरै खेल्ने रणनितीमा उत्रनुपर्ने बताए ।

प्रतियोगिताका लागि आजै हङकङ पुगेको नेपाली टिमले भोली विहान सोहि मैदानमा प्रशिक्षण गर्नेछ । मोङ कोङमा रहेको मैदानको पिचमा ग्रास धरै भएकाले स्पिनरलाई साथ दिनसक्ने प्रशिक्ष्ँक जगत टमाटाले बताए । तर गर्मि मौसमका कारण पिचले आफनो स्वरुप परिवर्तन गर्न सक्ने भन्दै उत्कृष्ट लाइनअपलाई मैदानमा उतार्ने उनको भनाइ थियो ।

विश्व क्रिकेट लिगको शिर्ष चारमा रहन अझैपनि सबै ६ टिमको बाटो खुल्ला भएकाले दबाव मुक्त भएर खेल्ने कप्तान पारसले बताए । एकदिवसिय मान्यताका लागि अगाडी बढेको हुदा यस्तो दबावले टिममा कुनै अवसर नहुने उनको भनाइ थियो । प्रशिक्षक जगत टमाटाले पिच पुर्ण रुपमा तयार नभइसकेकाले खेलका दिनसम्म कस्तो बन्ने हो त्यो हेर्न बाकि रहेको बताए ।

यो मैदानमा नेपाली पुरुष खेलाडीले पहिलो पटक खेल्दैछन । यसअघि हङकङले नेदरल्याण्ड्स संग खेल्दा यहि मैदानमा तीन सय भन्दा बढी रनको लक्ष्य पनि विपक्षीले पुरा गरेको थियो । यसपटक करीव दुई महिना अगाडी देखि नै नया घास मैदानमा राखेकाले पिच पुर्ण रुपमा तयार नभइसकेको स्थानिय खेलाडीले बताएका छन । त्यसैले पनि पहिलो खेलमा टसले मुख्य भुमिका खेल्नेछ ।

Latest News

To Top