Nepal Cricket

नेपाल विरुद्ध हङकङ दबावमा, सन्दिपले लिए दुइ विकेट

विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तरगत अहिले नेपाल र हङकङ खेलिरहेका छन् । नेपालले टस जितेर फिल्डिङ रोजेको छ ।

करण केसीले नेपाललाई सुरुवाति सफलता दिलाए । हङकङले ३.४ ओभर खाता नै नओल्दा अंशुमानलाई गुमायो । दोस्रो विकेटका रुपमा बाबर हायत रन आउट भए ।

तेस्रो विकेटका रुपमा जिताकत खान आउट भए । उनलाई सन्दिप लामिछानेले पभेलियनको बाटो देखाए । त्यसपछि हङकङको स्कोर एक सय ८ रन हुदा नेपालले चौथो सफलता हात पार्यो । बिनोद भण्डारीले बसन्तको बलमा वाकास खानलाइ १४ रनमा रनआउट गरे । त्यसपछि क्रिजमा आएका साहिद वासिफलाइ पनि सन्दिपले पेभेलियनको बाटो देखाएपछि नेपालले पाचौ सफलता हात पार्यो ।

Latest News

To Top