International News

हेराथको ४०० विकेट, पाकिस्तान २१ रनले पराजित

पाकिस्तान विरुद्धको पहिलो टेष्टमा श्रीलंकाले २१ रनको रोमाञ्चक जीत निकालेको छ । जितसंगै श्रीलंकाले दुई टेष्टको श्रृखलामा एक शुन्यको अग्रता बनाएको छ ।

युएइको आवुदावीमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले पहिलो पारीमा चार सय १९ रन बनायो । उसका लागि कप्तान दिनेश चन्दिमालले एक सय ५५ रनको पारी खेल्दा दिनुथ करुनारत्नेले ९३ रन बनाउदा निरोशन डिकवेलाले ८३ रन जोडे । जवाफमा पाकिस्तान पहिलो पारीमा चार सय २२ रनमा अलआउट भयो । उसका लागि अजर अलीले ८५ तथा हयारीश सोहेलले ७६ र सान मसुदले ५९ रन बनाए । यस्तै सामी अस्लामले ५१ रन बनाउदा असाद साफिकले ३९ रन जोडे । बलिङ तर्फ रंगना हेराथले पाच विकेट लिए ।

पहिलो पारीमा मात्र तीन रनले पछि परेको श्रीलंका दोस्रो पारीमा एक सय ३८ रनमा अलआउट भयो । उसका कुनैपनि खेलाडीले ५० रनको आकडा पार गर्न सकेनन । श्रीलंकाका लागि निरोशन डिकवेलाले सर्वाधिक ४० रन बनाए । श्रीलंकालाई कम स्कोरमा रोक्न यासीर शाहले पाच विकेट लिए । एक सय ३६ रनको झिनो लक्ष्य पक्ष्याएको पाकिस्तान मात्र एक सय १४ रनमा अलआउट भयो । उसका तीन खेलाडीले मात्र दोहोरो अंक छुन सके । जसमा हयारीस सोहेलले २४ रन बनाउदा असाद साफिकले २० र सरफराज अहमेदले १९ रन जोडे । पाकिस्तानको पारीलाई कमजोर बनाउन दोस्रो पारीमा रंगना हेराथले ६ तथा कुशल परेराले तीन विकेट लिए । हेराथले टेष्ट क्रिकेटमा ब्यक्तिगत चार सय विकेट पुरयाएका छन ।

Latest News

To Top