Nepal Cricket

नेपाली राइनोज डिपीएलको सेमिमा

नेपाली राइनोज क्रिकेट क्लब टेक्ससको डलासमा संचालित डलास प्रिमियर लिगको सेमिफाइनलमा प्रवेश गरेको छ ।

लिगको दुई खेल खेल्न बाकी रहदैं नेपाली राइनोजले सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो । ५ खेलवाट ७ अंक जोडेको राइनोज अंक तालिकाको दोस्रो स्थानमा रहेको छ । अंक तालिकाको शिर्षस्थानमा भने ५ खेलवाट १० अंक जोडेको पंजाव लायन्स रहेको छ ।

राइनोजले खेलेको ५ खेल मध्य एक खेल गुमाएको छ भने ३ मा जित निकालेको छ । एक खेल भने वर्षाले प्रभावित हुदा अंक बाड्न राइनोज बाध्य भएको थियो ।

शुक्रवार सेमिफाइनल यात्रा सुनिश्चित गर्ने क्रममा राइनोजले लिगको आफ्नो पाचौं खेलमा विस लायन्सलाई ६ विकेटले हराएको थियो । पहिला क्याटिगं गर्दै विस लायन्सले निर्धारित २० ओभरको खेलमा अलआउट हुनुअघि १८ दशमलव १ ओभरमा १ सय १ रन जोडेको थियो । प्रतिउत्तरमा १ सय २ रनको लक्ष्य राइनोजले ४ विकेटको नोक्सानीमा १८ दशमलव २ ओभरमा भेट्टाएको थियो । नेपाली राइनोजका लागि ब्याटिगं तर्फ नितल पटेलले ४५ र राकेश कर्णले ३९ रनको योगदान दिएका थिए । त्यस्तै विस लायन्सलाई अलआउट पार्ने क्रममा पृथु बास्कोटा र निकरुम्व बोनरले समान दुई दुइ विकेट लिएका थिए ।

To Top