International News

सोमपाल कामीको रेकर्ड तोडे पाकिस्तानका शादब खानले

अन्तर्राष्ट्रिय टी–२० खेलमा पाकिस्तानका शादब खान जित निकाल्ने सबै भन्दा कान्छा खेलाडी बनेका छन । उनले नेपाली खेलाडी सोमपाल कामीको रेकर्डलाइ तोडेका छन ।

सोमपालले सन् २०१५ मा टी–२० खेलमा जित निकाल्ने कान्छा खेलाडीको कीर्तिमान बनाएका थिए। श्रीलका विरुद्धको दोस्रो टि-२० खेलमा पाकिस्तानले जित निकाल्दा शादब १९ वर्ष २३ दिनका थिए । दोस्रो खेलमा श्रीलंकालाई २ विकेटले पराजित गरेको पाकिस्तानको जितमा शादब खानले उत्कृष्ट प्रदर्शन गरे। उनले बलिङतर्फ एक विकेट लिँदा ब्याटिङमा नटआउट १६ रनको योगदान गरे।

तीन जुलाई २०१५ नेपालले नेदरल्यान्ड्सलाई टी–२० खेलमा तीन विकेटले पराजित गरेको थियो। चार खेलको टी–२० सिरिज खेल्न नेदरल्यान्ड्सको आम्टर्डम पुगेको नेपालले चौथो खेलमा नेदरल्यान्ड्स दिएको १ सय ४० रनको लक्ष्य दुइ बल खेल्न बाँकी छँदा ७ विकेट गुमाएर पुरा गरेको थियो। नेपालको जितमा सोमपाल कामीले एक विकेट लिएका थिए भने नटआउट ८ रनको योगदान दिएका थिए। नेदल्यान्ड्सविरुद्ध जित हात पारेको दिन सोमपालको उमेर १९ वर्ष १ सय ५१ दिनका थिए।

Most Popular

To Top