International News

श्रीलङकाको खराव प्रदर्शन जारी, पाकिस्तान ७ विकेटले विजयी

श्रीलङका विरुद्धको पहिलो टि-ट्वान्टी खेलमा पाकिस्तान ७ विकेटले विजयी भएको छ ।

गएराति भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको श्रीलंकाले १८.३ ओभरमा सवै विकेट गुमाएर १ सय २ रन मात्रै बनाउन सकेको थियो। उसका लागि धनुष्का गुनथिलकाले १८ रन, सदिरा सामाराविक्रमाले २३ रन, सेक्कुग्गे प्रसन्नाले पनि २३ रन जोडे।

बलिङमा पाकिस्तानका हसन अलीले तीन, उस्मान खान र मोहम्मद हाफिजले समान दुई विकेट लिए । जवाफमा श्रीलंकाले दिएको १ सय ३ रनको लक्ष्य पाकिस्तानले १६ बल बाँकी रहँदै ३ विकेट गुमाएर पुरा गर्यो। पाकिस्तानका लागि सोहेब मलिकले ४२ तथा मोहम्मद हाफिजले २५ रन बनाए । श्रीलंकाका बिकुम सञ्जयले दुई तथा सचिथ पाथिरानाले एक विकेट लिए। यसअघि यी दुई टोलीबीच भएको पाँच एकदिवसीय खेलमा पाकिस्तानले क्लिनस्विप गरेको थियो।

Latest News

Nepal's No.1 Cricket Portal now in Nepali Language.

Follow us

Copyright © 2010-2017 Cricnepal.com. All Rights Reserved.

To Top