International News

एसेस श्रृखलाका लागि टिममा परेका स्टोक बाहिर हुने सम्भावना

इग्ल्याण्ड क्रिकेट टिमका अलराउण्डर बेन स्टोक माथि पुलिसले अनुसन्धान जारी राखे एसेस टेष्ट श्रृखंला खेल्न नपाउने भएका छन ।

वेष्ट इन्डिज विरुद्धको श्रृखंला जितेपछि ब्रिस्टानेको नाइटक्लवमा दुर्घटना गरेका स्टोकलाई पुलिसले हिरासतमा राखेको थियो । त्यसपछि उनलाई रिहा गरेपनि उनको अनुसन्धान पुलिसले जारी राखेको छ । इग्लिस क्रिकेट संघले अष्ट्रेलिया विरुद्धको एसेस श्रृखलाका लागि टिम घोषणा गर्दा स्टोकलाई पनि समावेश गरेको थियो ।

तर पुलिसको अनुसन्धान जारी हुदा उनले एसेस खेल्न नपाउने सम्भावना बढेको छ । बहु चर्चित टेष्टका रुपमा मानिने एसेस अक्टोबर २८ देखि २३ नोभेम्बरसम्म चल्नेछ । टिम अष्ट्रेलिया जानु अघिसम्म स्टोकको अनुसन्धान नसकिए इग्लिस क्रिकेट बोर्डले उनलाई टिमबाट हटाउने भएको छ । मदिरा सेवन गरेर स्टोकले क्लव बाहिर एक जनाको अनुहारमा घाउ हुनेगरी घटना गरेका थिए । जसका कारण पुलिसका साथै क्रिकेट बोर्डले पनि उनिमाथि अनुसन्धान गरिरहेको छ ।

Most Popular

To Top