ICC Press

विश्वकप छनोट खेल्न ६ टिमको प्रतिस्पर्धा, ४ ले स्थान पाउने

सन् २०१९ को एकदिवसिय क्रिकेट विश्वकपमा स्थान बनाउन ६ टिम विच निकै प्रतिस्पर्धा हुने भएको छ । जसमा चार टिमले विश्वकपमा स्थान बनाउनेछन ।

विश्व क्रिकेट लिग च्याम्पियनसिप र आइसीसी इन्टरकन्टिनेन्टरको नया चरणहरु यसै साता देखि सुरु हुदैछन । जसमा विश्व क्रिकेट लिग च्याम्पियनसिपमा पपुवा न्युगिनी र स्कटल्याण्ड तथा केन्या र नेदरल्याण्ड खेल्दैछन । नेदरल्याण्डस १६ अंक सहित विश्वकप छनोट खेल्ने लगभग पक्का भइसकेको छ भने पिएनजी १४ अंक सहित दोस्रो स्थानमा छ ।

अब पिएनजीले स्कटल्याण्डसंग खेल्दै छ भने नेदरल्याण्डसले केन्यासंग प्रतिस्पर्धा गर्नेछ । कन्या पाचौ स्थानमा छ भने स्कटल्याण्ड तेस्रो स्थानमा छ । नेपालले पनि यसै महिना हङकङसंग उसकै मैदानमा खेल्नेछ । अब स्कटल्याण्ड, हङकङ, केन्या र नेपाल मध्ये शिर्ष चारमा कुन टिमले स्थान बनाउनेहुन त्यो हेर्न बाकि छ ।

Latest News

To Top