International

पाकिस्तान यू-१९ एशिया कपको फाइनलमा, नेपाल र अफगान विचको विजेता विच उपाधि भिडन्त

बंगलादेशलाई डकवर्थ एण्ड लुइसको नियमका आधारमा दुई रनले हराउदै पाकिस्तान यू-१९ एशिया कपको फाइनलमा प्रवेश गरेको छ ।

मलेसियाको किनरारा ओभल मैदानमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको बंगलादेशले ५० ओभरमा ६ विकेट गुमाउदै दुई सय ७४ रन बनाएको थियो । उसका लागि पिनाका घोषले ८२ तथा मोहम्मद सेफ हुसेनले ६१ रन बनाए । यस्तै आफिफ हुसेनले ५२ रन जोडे ।

जवाफमा पाकिस्तानले ३९ ओभरमा पाच विकेट गुमाउदै एक सय ९९ रन बनाउदा भारी बर्षा भएपछि खेल रोकिएको थियो ।

त्यसपछि अम्पायरले डक वर्थ लुइसको नियमका आधारमा पाकिस्तान दुई रनले विजयी हुदै फाइनलमा पुग्न सफल भयो । पाकिसनका लागि मोहम्मद थाहाले ९२ तथा साद खानले ३५ र रोहिल नाजिरले २६ रन बनाए । अब नेपाल र अफगानिस्तान विचको विजेताले उपाधिका लागि पाकिस्तानसंग खेल्नेछ ।

Latest News

To Top