Momo Cricket

एनएमबी बैक र एनसीसी बैक कर्पोरेट सुपर सिक्सेसको क्वाटरफाइनलमा

एनएमबी बैक र एनसीसी बैक राजधानीमा जारी कर्पोरेट सुपर सिक्सेसको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

किर्तीपुर क्रिकेट मैदानमा भएको खेलमा एनएमबी बैकले नविल बैकलाई १९ रनले हरायो । टस जितेर पहिले ब्याटिङ गरेको एनएमबीले पाच ओभरमा विना विकेटको क्षतीमा एक सय तीन रन बनायो । जवाफमा नविल बैक पाच ओभरमा पाच विकेट गुमाउदा ८४ रनमा रोकियो । अर्को खेलमा एनसीसी बैकले रमन जनरललाई १६ रनले हराउदै क्वाटरफाइनलमा पुग्यो ।

टस जितेर पहिले ब्याटिङ गरेको एनसीसीले पाच ओभरमा दुई विकेट गुमाउदै ९१ रन बनायो । उसका लागि सचिन गुप्ताले ३६ रन बनाए । जवाफमा रमन जनरल पाच ओभरमा एक विकेट गुमाउदा ७५ रनमा रोकियो । उसका लागि सुमित श्रेष्ठले ३४ रन बनाएपनि टिमलाई जित दिलाउन सकेनन । अन्य खेलमा कैलाश विकाश बैकसंगै शुर्य नेपाल, नेपाल टेलिकम, एनसीसी बैकले नकआउट चरणमा स्थान बनाए ।

Most Popular

To Top