International News

एसेसको पहिलो दिन इग्ल्याण्डको राम्रो जवाफ

बर्षाले प्रभावित भएको इग्ल्याण्ड र अष्ट्रेलिया विचको एसेस सिरीजको पहिलो टेष्टको पहिलो दिन पाहुना टिम इग्ल्याण्डले चार विकेट गुमाउदै एक सय ९६ रन बनाएको छ ।

ब्रिसबेनमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको इग्ल्याण्डले सुरुवात भने राम्रो गर्न सकेन । मात्र दुई रन हुदा ओपनर एलेस्टर कुकलाई गुमाएको इग्ल्याण्डका लाग मार्क स्टोम्यान र जेम्स भिन्सले एक सय २५ रनको साझेदारी गर्दै उकासेका थिए । स्टोम्यानले ५३ रन बनाउदा भिन्सले ८३ रनको योगदान दिए । त्यसपछि क्रिजमा आएका कप्तान जोय रुट भने धेरै बेर क्रिकेटमा टिक्न सकेनन । उनी मात्र १५ रनमा आउट भएपछि इग्ल्याण्डले एक सय ६३ रनमा चार विकेट गुमायो । पहिलो दिनको खेलमा बर्षाले झण्डै डेढ घण्टा खेल रोकिएको थियो ।

Latest News

To Top