Everest Premier League

आइपिएल र रणजी ट्रफि खेलेका खेलाडी ललितपुर पेट्रियट्सबाट खेल्ने

एभरेस्ट प्रिमियर लिगमा सहभागि टिम मध्यको एक ललितपुर पेट्रियट्सले विदेशी खेलाडीका रुपमा आइपिएल खेल्ने दुइ जना तथा रणजी ट्रफी खेल्ने एक जना खेलाडी भित्र्याउने तयारी गरेको छ ।

टोलीले आज भएको जर्सी सार्वजनिक कार्यक्रममा तीन जना विदेशी खेलाडीका रुपमा भारतबाट झिकाउन लागेको बताएको हो । पेट्रियट्समा अध्यक्ष किशोर महर्जनले आइपिएल र रणजी ट्रफी खेल्ने खेलाडीसँग कुरा टुंगिसकेको र एकदुर्इ दिन भित्र सम्झौता हुने जानकारी दिए। खेलाडीसँग सम्झौता भइसकेपछि मात्रै नाम सार्वजनिक गरिने टिमको भनाइ छ । महर्जनका अनुसार आइपिएलका दिल्ली डेअरडेभल्स र किंग्स एलेवन पन्जाब तथा राजस्थान रोयल्सबाट खेलेका खेलाडीहरुलार्इ ल्याउन लागिएको बताए।

इपिएलका प्रत्येक टोलीमा १५ जना खेलाडी राख्न पाउने प्रावधान छ। जसमा १० खेलाडी अक्सनबाट, एक खेलाडी ट्यालेन्ट हन्ट र बाँकी तीन विदेशी खेलाडी ल्याउनु पर्ने थियो। ललितपुरले अक्सन मार्फत यसअघि नै १० खेलाडी लिइसकेको छ । ट्यालेन्ट हन्टबाट छनौटमा परेका प्रारम्भिक ३० जनाबाट ४ जना खेलाडीलार्इ टोलीमा स्थान दिने उनले बताए। टोलीले यसअघि मार्की प्लेयर रहेका ज्ञानेन्द्र मल्ललार्इ कप्तान चयन गरेको छ।

कार्यक्रममा जर्सी सार्वजनिक गर्दै अध्यक्ष महर्जनले जर्सीमा उल्लेखित पहेलो र रातो रंग उदाउँदो सुर्यको प्रतिक रहेको बताउँदै नेपाली क्रिकेटमा ललितपुर टिम पनि उदाएको प्रतिक्रिया दिए।

Latest News

To Top