Nepal U19 Cricket

नेपाललाइ छैटौ सफलता

मलेसियामा जारी एसीसी अन्डर नाइन्टिन एशिया कपको दोस्रो खेलमा नेपालले भारतलाई एक सय ८६ रनको लक्ष्य दिएको छ ।

बायुमान ओभल मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ५० ओभरमा आठ विकेट गुमाउदै एक सय ८५ रन बनायो । नेपालका लागि कप्तान दिपेन्द्रसिंह ऐरीले कप्तानी पारी खेले । तर नेपालले सुरुवात भने राम्रो गर्न सकेन । १२ रन हुदा पहिलो विकेट गुमाएको नेपालले २८ रनमा दोस्रो विकेट खेर फाल्यो । एक सय पाच रन हुदा चार विकेट गुमाएको नेपाको मिडिलअडरले राम्रो खेल्न सकेन । नेपालका लागि कप्तान दिपेन्द्र ऐरीले ८८ रन बनाउदा जितेन्द्रसिंह ठकुरीले ३६ रन बनाए । यस्तै भिम साकीले १५ रन बनाउदा बाकि खेलाडीले भने दोहोरो अंक छुन सकेनन । भारतका लागि अभिशेक शर्मा र आदित्य ठार्केले दुई दुई विकेट लिए ।

जवाफमा भारतले बलियो सुरुवात गर्न सफल भयो । उसका ओपनर हिमांसु राना र मनजोत कार्लाले पहिलो विकेटका लागि ६५ रनको साझेदारी गर्न सफल भए । हिमान्सुलाई कमलसिंह ऐरीले ४६ रनमा पेभेलियन फर्काए । त्यसपछि भारतको स्कोर ९७ रन हुदा नेपालले तीन विकेट लिन सफल भयो । लगत्तै मनजोत ब्यक्तिगत ३५ रनमा आउट भएपछि भारतले चौथो विकेट गुमायो । नेपालका लागि पवन सराफ, साहव आलम र कप्तान दिपेन्द्रसिंह ऐरीले एक एक विकेट लिए । त्यसपछि एक सय २६ रन हुदा नेपालले भारतको पाचौ विकेट लियो । भारतका अनुज रावतलाई १८ रनमा पवन सराफले पेभेलियन फर्काए । त्यसको लगत्तै तनुसलाई सन्दिप लामिछानेले खाता खोल्न नदिदै आउट गरेपछि भारतले एक सय ३१ रनमा छैटौ विकेट गुमायो ।

Most Popular

To Top