International News

नेहेराको सुखद विदाइ, भारत पहिलो खेलमा विजयी

न्यूजिल्याण्ड विरुद्धको पहिलो टि ट्वान्टी खेलमा भारत ५३ रनले विजयी भएको छ । भारतीय क्रिकेट टिमले न्युजिल्यान्ड बिरुद्द टी-ट्वान्टी क्रिकेटमा पहिलोपल्ट जित हात पारेको छ । भारतले दश बर्षपछि न्युजिल्यान्ड बिरुद्द पहिलो सफलता हात पारेको हो ।

फिरोज शाह कोटला मैदान दिल्लीमा टस हारेर ब्याटिंगको निम्तो पाएको भारतले दुइ सय दुइ रन बनायो । ओपनर रोहित शर्मा र शिखर धावनले पहिलो विकेटका लागि १ सय ५८ रनको साझेदारी गरे । दुबैले समान ८० रनको योगदन दिएका थिए। रोहितले ५५ बलमा ६ चौका र ४ छक्का तथा धवनले ५२ बलमा १० चौका र २ छक्का प्रहार गरे।

कप्तान कोहलीले मात्र ११ बलमा ३ छक्का सहित २६ रन बनाउदै टिमको स्कोर २०२ रन पुर्याएका थिए। न्युजिल्यान्डका इश सोढीले २५ रन खर्चिएर २ विकेट हात पार्दा ट्रेन्ट बोल्टले १ विकेट हात पारे ।

जवाफमा न्युजिल्यान्ड २० ओभरमा ८ विकेट गुमाउदै मात्र १४९ रन बनाउन सक्यो । उसका टोम लथामले ३९ रन बनाउदा कप्तान विलियम्सन र मिचेल स्यांटनरले क्रमशः २८ र अविजित २७ रन बनाएपनि टिमलाई जित दिलाउन सकेनन्।
भारतका अक्सर पटेल र युजवेन्द्र चाहलले समान २ विकेट लिए । अन्तिम खेल खेलेका आशिष नेहरा भने विकेट बिहिन रहे।

Most Popular

To Top