International News

अन्तिम खेलमा भारत विजयी, श्रृखला २-१ ले जित्यो

न्युजिल्याण्ड विरुद्धको तेश्रो तथा अन्तिम ट्वान्टि ट्वान्टि खेलमा भारत ६ रनले वजयी भएको छ । जितसगै घरेलु टोली भारतले तीन म्याचको श्रृङखला २–१ ले जितेको हो ।

त्रिभेन्दमा भएको खेलमा वर्षा बाधक भएपछि खेल आठ ओभरमा झारीएको थियो । जसमा भारतले टस हारेर ब्याटिङ गर्दै आठ ओभरमा पाच विकेट गुमाएर ६८ रनको लक्ष्य दिएको थियो । भारतका लागि मनिस पाण्डेले सर्वाधिक १७ रन बनाएका थिए भने कप्तान बिराट कोहलीले पनि १६ रनको योगदान दिए । त्यस्तै हार्दिक पाण्डेयाले पनि अविजित रहँदै १४ रन बनाए ।

जवाफमा न्युजिल्याण्ड ६१ रनमा रोकियो । भारतलाई जित दिलाउने क्रममा भुवनेश्वर कुमारले पहिलो ओभरमा नै विकेट निकालेका थिए भने जसप्रित बुमरा दुई विकेट लिएका थिए ।

Most Popular

To Top