International News

भारतविरुद्धको श्रृखंलाका लागि थिसारा परेरा कप्तान

भारत विरुद्धको एकदिवसीय र टि–२० क्रिकेट श्रृखंलाका लागि श्रीलंकाले थिसारा परेरालाई कप्तान घोषणा गरेको छ ।

अर्को महिना भारत विरुद्ध हुने श्रृखलाका लागि श्रीलंकाले फेरि एक पटक कप्तान परिवर्तन गरेको छ । तर परेरा पनि स्थायी कप्तान हो कि होइन भन्ने एकिन गरिएको छैन । तर २८ बर्षे अलराउण्डर परेरालाई कप्तानको जिम्मेवारीले दबाव भने हुने देखिएको छ । २०१७ मा श्रीलंकाले कप्तान परिवर्तन गरेको यो सातौ पटक हो । यसअघिका कप्तान उपल थरंगालाई रिप्लेस गर्दै परेरालाई कप्तान बनाइएको हो । २०१७ मा श्रीलंकाले कप्तान परिवर्तन गरेको सुचिमा एञ्जेलो म्याथ्युज, लसित मालिङगा, रंगना हेराथ, दिनेश चन्दीमाल, थरंगा, चामरा रहेका छन ।

Latest News

To Top