International News

भारत र श्रीलका विचको पहिलो टेष्ट नतिजाविहिन

भारत र श्रीलंका विचको पहिलो टेष्ट बराबरीमा सकिएको छ ।

कोलाकातामा भएको खेलमा पहिले ब्याटिङ गरेको भारतले पहिलो पारीमा चेतेश्वर पुजाराको ५२ रनको मद्दतले मात्र एक सय ७२ रनमा अलआउट भयो । जवाफमा श्रीलंकाले पहिलो पारीमा दुई सय ९४ बनयो । उसका लागि एञ्जेलो म्याथुजले ५२ तथा लहिरु थिरमानेले ५१ रन बनाए । जवाफमा दोस्रो पारी सुरु गरेको भारतले पाचौ दिनको एक सेसन बाकि हुदा तीन सय ५२ रनमा आठ विकेटको अवस्थामा पारिको घोषणा गरयो । भारतका लागि कप्तान विराट कोहलीले सतकिए पारी खेले । जसमा उनले एक सय १९ बलमा एक सय चार रन बनाए ।

यस्तै शिखर धवनले ९४ तथा लोकेश राहुलले ७९ रनको योगदान गरे । जसका कारण भारतले दुई सय ३१ रनको लक्ष्य दिए ।
जवाफमा श्रीलंकाले एकपछि अर्को विकेट गुमाउदा टेष्ट रोमाञ्चक बनेको थियो । श्रीलंकाले ७५ रन हुदा सात विकेट गुमाएपछि खेल सकिएको थियो ।

Latest News

To Top