National News

बल्ल खेल्न पाइने भयो मुलपानीमा

बहु चर्चित मुलपानीको माथिल्लो क्रिकेट मैदानको विधिवत रुपमा आजबाट उदघाटन भएको छ ।

किर्तिपुर स्थित टियु मैदान नेपालको एक मात्र अन्तराष्ट्रिय स्तरको क्रिकेट मैदान हो । यो मैदानले राष्ट्रिय र अन्तराष्ट्रिय मात्र होइन स्कुल देखी कर्पोरेट स्तर सम्मको प्रतियोगिता आयोजना गरिरहेको छ । तर अब केही समस्या नआए टियु मैदानले राहत पाउने भएको छ । अर्थात मुलापानीमा निर्माणाधिन माथिल्लो क्रिकेट मैदान खेल्न योग्य भएको छ । टियुको विकल्पका रुपमा करिब १२ वर्षपछि मुलपानीको क्रिकेट मैदानमा खेलाडीले खेल्नसक्ने भएका छन ।

क्रिकेट जगतमा , यदि केही काम ढिला भयो भने मुलपानी मैदान जस्तो भन्ने उखान नै बनेको थियो । शिलन्यास भएको १२ वर्ष सम्म पनि मैदानको काम नसकिनुले यस्तो उखान बनेको हो । त्यसयता हरेक वर्षको बजेटमा मुलपानी क्रिकेट मैदान छुटेन । मुलपानी क्रिकेट मैदानको काम कति सुस्त गतिमा अघि बढ्यो भन्नका लागि यो १२ वर्षको समय नै काफी छ । २०६२ सालदेखी सुरु भएको निमार्ण कार्य निकै सुस्त हुदा बल्लबल्ल खेल्न योग्य भएको छ । पछिल्लो पटक खेलाडीको पहलमा नै मैदानको निर्माण कार्य भएपछि यो मैदान खेल्न योग्य भएको हो ।

मैदानमा अझैपनि निकै काम बाकि रहेपछि किर्तीपुरको भारलाई भने निकै कम गर्ने देखिएको छ । स्कुल देखि अरु घरेलु प्रतियोगिता यो मैदानमा खेल्न सकिनेछ । तर पनि बर्षा याममा बर्षाको पानि निकाल्ने ड्रेनेयज बनाउन बाकि नै । अहिले सम्म यो मैदानमा ६ करोड भन्दा बढी खर्च भइसकेको छ । प्राकृतिक सुन्दरताले भरिएको यो मैदान उच्च स्तरिय मैदान बन्न सक्छ । जसले न्युट्रल भेन्युका रुपमा पनि आफुलाइ स्थापित गर्न सक्ने संभावना उच्च देखिन्छ ।

Most Popular

To Top