National News

मुलपानीको माथिल्लो मैदान खेल्न तयार, राष्ट्रिय टिम अभ्यासका लागि पुगे

किर्तिपुर स्थित टियु मैदान नेपालको एक मात्र अन्तराष्ट्रिय स्तरको क्रिकेट मैदान हो । यो मैदानले राष्ट्रिय र अन्तराष्ट्रिय मात्र होइन स्कुल देखी कर्पोरेट स्तर सम्मको प्रतियोगिता आयोजना गरिरहेको छ । तर अब केही समस्या नआए टियु मैदानले राहत पाउने भएको छ । अर्थात मुलापानीमा निर्माणाधिन माथिल्लो क्रिकेट मैदान खेल्न योग्य भएको छ । टियुको विकल्पका रुपमा करिब १२ वर्षपछि मुलपानीको क्रिकेट मैदानमा खेलाडीले खेल्नसक्ने भएका छन ।

क्रिकेट जगतमा , यदि केही काम ढिला भयो भने मुलपानी मैदान जस्तो भन्ने उखान नै बनेको थियो । शिलन्यास भएको १२ वर्ष सम्म पनि मैदानको काम नसकिनुले यस्तो उखान बनेको हो । त्यसयता हरेक वर्षको बजेटमा मुलपानी क्रिकेट मैदान छुटेन । मुलपानी क्रिकेट मैदानको काम कति सुस्त गतिमा अघि बढ्योे भन्नका लागि यो १२ वर्षको समय नै काफी छ । २०६२ सालदेखी सुरु भएको निमार्ण कार्य निकै सुस्त हुदा बल्लबल्ल खेल्न योग्य भएको छ । पछिल्लो पटक खेलाडीको पहलमा नै मैदानको निर्माण कार्य भएपछि यो मैदान खेल्न योग्य भएको हो ।

सुरुवातमा लामा कन्सट्रकसन कम्पनीले मैदानको माटो सम्याउने र वरिपरी तार लगाउने काम गरेको थियो । तर त्यसको ६ वर्ष पछि मात्र अन्तराष्ट्रिय क्रिकेट परिषद र सरकारको संयुक्त लगानीमा गौरा कन्सट्रकसनले पेवेलियन बनाउने काम ग¥यो । २०७० सालमा नेपाल क्रिकेट संघका तत्कालिन अध्यक्ष टंक आङबुहाङ नेतृत्वलाइ यहि मैदान निमार्णको क्रममा भ्रष्टाचार गरेको आरोप लागेपछि निमार्ण कार्य ठप्प भएको थियो । तर एउटा मात्र मैदान हुदा प्रत्यक्ष मारमा परेका खेलाडी आफैले सक्रियता देखाउदै मैदानको काम सक्न लागि परे । गत चैत अन्त्यमा सरकारले १६ लाख ४० हजार रकम विनियोजन गरेपछि मैदानको काम अघि बढेको हो । योजना अनुसार त अहिले सम्म यो मैदान अन्तराष्ट्रिय स्तरको बनि सक्नु पर्ने हो । यद्यपी नहुनु भन्दा खेल्न योग्य मैदा नबनेकोमानै खुशी हुनुपर्ने अवस्था छ ।

मैदानमा अझैपनि निकै काम बाकि रहेपछि किर्तीपुरको भारलाई भने निकै कम गर्ने देखिएको छ । स्कुल देखि अरु घरेलु प्रतियोगिता यो मैदानमा खेल्न सकिनेछ । तर पनि बर्षा याममा बर्षाको पानि निकाल्ने ड्रेनेयज बनाउन बाकि नै । अहिले सम्म यो मैदानमा ६ करोड भन्दा बढी खर्च भइसकेको छ । प्राकृतिक सुन्दरताले भरिएको यो मैदान उच्च स्तरिय मैदान बन्न सक्छ । जसले न्युट्रल भेन्युका रुपमा पनि आफुलाइ स्थापित गर्न सक्ने संभावना उच्च देखिन्छ ।

Most Popular

To Top