National News

सौरभ र महबुब टिम बाहिर, को को परे टिममा हेरौ

आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत युएई विरुद्धको खेलका दोस्रो चरणमा नेपाली राष्ट्रिय क्रिकेट टिमका २० खेलाडीको नाम सार्वजनिक गरिएको छ ।

आउदो डिसेम्बर ६ र आठ तारिखमा यूएइमा हुने विश्व क्रिकेट लिग च्याम्पियनसिपको अन्तिम चरणको खेलका लागि दोस्रो चरणमा २० खेलाडी छनोट गरिएको हो । जसमा अनिलकुमार शाह र हसिम अन्सारीले पहिलो पटक २० खेलाडीमा स्थान बनाएका छन । करीव दुई साता देखि प्रशिक्षणमा रहेको नेपाली टिमले १६ देखि २० नोभेम्बरसम्म खेलेका अभ्यास खेलका आधारमा आइसीसी प्रतिनिधी अनिमुल इस्लाम प्रशिक्षक जगत टमाटा र कप्तान पारस खडकाको संयोजनमा टिम घोषणा गरिएको हो । यसअघि क्याम्पमा रहेका महबुब आलम र सौरभ खनालले चोटका कारण टिमबाट नाम फिर्ता लिएका छन ।

दोस्रो चरणमा छनोट हुन नसकेका खेलाडीमा अनिल मण्डल, आसिफ शेख, नरेश बुढाऐर, विक्रम सोब, रोहित पौडेल, सुसन भारी रहेका छन । यसअघि हङकङ विरुद्धको खेलमा श्वास्थ्यका कारण टिममा नपरेका शक्ति गौचन पुन कमब्याक गरेका छन । अब यो २० खेलाडीबाट अन्तिम १४ खेलाडीको घोषणा गरिनेछ । च्याम्पियनसिपमा हङकङ विरुद्धको खेलपछि दोस्रो डिभिजनमा झरीसकेको नेपाल युएई विरुद्ध अनुभवका साथै प्रतियोगिताको सुखत अन्त्य गर्ने लक्ष्यमा छ ।

टिममा परेका खेलाडी
पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, वसन्त रेग्मी, सोमपाल कामी, सागर पुन, विनोद भण्डारी, करण केसी, सुशील कँडेल, हसिम अन्सारी, विक्रम शोव, शक्ति गौचन, सिद्धान्त लोहनी, अनिलकुमार साह ललितसिंह भण्डारी, मोहम्मद आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, जितेन्द्र मुखिया, कुशल भुर्तेल, दीलिप नाथ, ।

Latest News

To Top