National News

नेपाली राष्ट्रिय टिम प्रशिक्षणमा ब्यस्त, डिभिजन टु नै मुख्य लक्ष्य

विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत हङकङ संग पराजित भएपछि नेपालको , एकदिवशीय विश्वकप छनौट खेल्ने सजिलो बाटो सकिएको छ । अब नेपालले विश्व क्रिकेट लिग डिभिजन टु बाट आफुलाइ विश्वकप छनौटमा पु¥याउनु पर्नेछ । त्यसका लागि नेपालले तयारी पनि सुरु गरिसकेको छ । सुरुवातमा फिटनेशमा बढी ध्यान दिएको नेपालको मुख्य लक्ष्य नामिबियामा हुने डिभिजन टु रहेको छ ।

फ्रेबु्रअरीमा हुने डिभिजन टु अघि नेपालले च्याम्पियनसिप अन्तर्गतनै युएइ संग उसकै मैदानमा खेल्दैछ । युएइ विरुद्धको जीत र हारले अंक तालिकामा कुनै असर नपारेपनि नेपाली खेलाडीको प्रदर्शनमा भने अर्थ राख्दछ । यो खेलमा केही नया खेलाडीहरुलाइ परिक्षण गर्न सक्ने पनि बताइएको छ । हाल २६ जना खेलाडी प्रशिक्षणमा छन भने दुइ जना मलेसियामा जारी अन्डर नाइन्टिन एशीया कप पछि सहभागी हुनेछन । नेपाली टिमलाइ भारतीय ट्रेनरले फिटनेश ट्रेनिङ गराइरहेका छन ।

नेपाल र युएइ बीचको खेल डिसेम्बर ६ र आठमा हुनेछ । त्यसअघि नेपालले एक डिसेम्बरमा अमेरिका र तीनमा केन्या संग मैत्रीपुर्ण खेल खेल्नेछ । हङकङ संगको खेलका क्रममा खेलाडी छनौट राम्रो नभएको भन्दै आलोचना खेपेका प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्काले उत्कृष्ट लाइनै टिममा स्थान दिएको बताए । हङकङ संग पराजित हुदै डिभिजन टु मा घटुवा भएपछि कप्तानको भुमिका छोड्नु पर्ने सम्मको प्रतिकृया पाएका पारसले यसलाइ सामान्य रुपमा लिएको प्रष्ट पारे ।

अहिले खेलाडीलाइ मानसिक रुपमा पनि नामिबिया टुरका लागि तयार पारिरहेको बताइएको छ । डिजिन टु को शीर्ष दुइ टिमले सन २०१९ मा इङल्यान्डमा हुने विश्वकपका लागि छनँैट खेल खेल्ने अवसर प्रदान गर्नेछ । त्यसैले नेपाली क्रिकेटका लागि नामिबिया टुर महत्वपुर्ण रहेको छ ।

Most Popular

To Top