National News

सिनियर टिमको क्याम्पमा तीन युवा खेलाडी को को हुन जानौ

Nepal Cricket team

मलेसियामा सम्पन्न एसिसी यू–१९ एसिया कपमा उत्कृष्ट प्रदर्शन गरेका तीन खेलाडीलाई राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा बोलाइएको छ ।

एसिया कपमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीबाट ब्याट्सम्यान मोहम्मद आसिफ शेख र अनिलकुमार साह क्याम्पमा परेका छन्। यस्तै अलराउन्डर रोहितकुमार पौडेलले पनि पहिलो चरणको टिममा स्थान पाएका छन्। आसिफ यसअघि नै सिनियर टिमको पहिलो चरणमा परिसकेका खेलाडी हुन्। अनिल र रोहितले भने सिनियर टिमको क्याम्पमा पहिलो पटक स्थान बनाएका हुन्। राष्ट्रिय टिममा यू-१९ का कप्तान दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछाने यसअघि नै छनोट भइसकेका छन्।

यसअघि सिनियर टिममा यू–१९ टिमका २ खेलाडीलाई स्थान दिने भनिए पनि मेहबुब आलम बिरामी परेकाले उनको स्थानमा एक जनालाई मौका दिइएको हो । आलमले अस्वस्थताका कारण टिमबाट नाम फिर्ता लिएका थिए। विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत युएईविरुद्ध हुने सातौं चरणको खेलका लागि नेपालले दुई साताअघि तयारी सुरु गरेको थियो। पहिलो चरणको तयारीमा २८ जना खेलाडी सहभागी हुने बताइए पनि सुरुवातमा २५ जनाले मात्र प्रशिक्षण गरेका थिए। यू–१९ टिमका ३ जना समावेश भएसँगै अब पहिलो चरणको टिम पूरा भएको छ।

यस्तो छ पहिलो चरणको टिम
पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, वसन्त रेग्मी, सोमपाल कामी, सागर पुन, विनोद भण्डारी, करण केसी, सुशील कँडेल, हसिम अन्सारी, विक्रम शोव, सुनील धमला, शक्ति गौचन, सिद्धान्त लोहनी, मोहम्मद आसिफ शेख, अनिलकुमार साह र रोहितकुमार पौडेल, ललितसिंह भण्डारी, सुसन भारी, मोहम्मद आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, जितेन्द्र मुखिया, नरेश बुढाऐर, कुशल भुर्तेल, दीलिप नाथ, सौरभ खनाल, अनिल मण्डल।

Latest News

To Top