Nepal U19 Cricket

पहिलो अभ्यास खेलमा नेपाल यु-१९ टिम ३ विकेट पराजित

एसीसी अन्डर नाइन्टिन युथ एशिया कपको तयारीका क्रममा बंगलादेश भ्रमणमा रहेको नेपाली युवा टिमले पहिलो अभ्यास खेलमा हार ब्यहोरेको छ । आज भएको खेलमा बंगलादेशको अन्डर नाइन्टिन टिमलाई नेपाली युवा टिम तीन विकेटले पराजित भयो ।

बंगलादेशको साभारमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपाली टिमले ५०ओभरमा नौ विकेट गुमाउदै एक सय ५३ रन बनायो । दुई रन हुदा पहिलो विकेट गुमाएको नेपालले ६४ रन बनाउदा चार विकेट खेर फालेको थियो । नेपाली टिमका मिडिल अडरका खेलाडीले खासै राम्रो खेल्न नसक्दा एक सय १३ रनमा ६ विकेट गुमायो । नेपालका लागि आशिफ शेखले ३२ तथा भिम शार्कीले २८ र पवन सराफले १९ रन बनाए । यस्तै अनिल कुमार शाले १८ तथा कमलसिंह ऐरीले १७ र कप्तान दिपेन्द्रसिंह ऐरीले १६ रन बनाए । बलिङ तर्फ बंगलादेशका हसन महमुद र काजी अनिक स्लामले तीन तीन विकेट लिए ।

जवाफमा बंगलादेशी युवा टिमले ३९ ओभरमा सात विकेट गुमाउदै लक्ष्य पुरा गरयो । २१ रन हुदा पहिलो विकेट गुमाएको बंगलादेशले ४८ रनमा दोस्रो विकेट खेर फालेको थियो । तर निम शेख र तौहिद रिद्ली सम्हालिएर खेल्दा नेपालले हार ब्यहोर्न पुग्यो । निमले ५३ रन बनाउदा तौहिदले अविजीत ४८ रन बनाए । यस्तै पिनाक गोघले १४ र काजी अनिक अस्लामले अविजीत १८ रन बनाए । नेपालका लागि सन्दिप लामिछानेले चार तथा साहव आलम र पवन सराफले एक एक विकेट लिए । अब नेपालले दोस्रो अभ्यास खेल शनिबार खेल्नेछ ।

Most Popular

To Top