Nepal U19

नेपाललाइ तेस्रो सफलता

एसीसी अन्डर नाइन्टिन एशीया कपको सेमीफाइनलमा नेपालले चिरप्रतिद्धन्दी अफगानिस्तानलाई एक सय चार रनको लक्ष्य दिएको छ । जवाफमा अफगानिस्तानको स्कोर २४ रन हुदा पहिलो विकेट झर्यो । नेपालका कमलसिह एेरीले पहिलो सफलता हात पारे । त्यसपछि अफगानिस्तानको स्कोर ९६ रन हुदा तेस्रो विकेट झर्यो ।

यसअघि पहिलो पटक एशिया कपको सेमिफाइनलमा पुगेको नेपालले आज निकै खराव प्रदर्शन गरयो । भारत जस्तो बलियो टिमलँई हराएर मनोबल उच्च पारेको नेपालको ब्याटिङ आज ध्वस्त भयो । मलेसियाको किनरारा ओभल मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपाल २८ ओभरमा एक सय तीन रनमा अलआउट भयो । खराव ब्याटिङ गरेको नेपालका लागि अनिल शाहले ५० रन जोडेपनि अन्य सवै ब्याट्सम्यान एकोहोरो रनमा पवेलिनय फर्किए । नेपालको स्कोर दुई रन हुदा आसिफ सेख आशिफ शेख खाता खोल्न नपाउदै मैदान ।

त्यसपछि अर्का ओपनर जितेन्द्रसिंह ठकुरी पनि मात्र एक रनमा आउट भएपनि नेपालले नौ रनमा दोस्रो विकेट गुमायो । अर्का भरपर्दा ब्याट्सम्यान कप्तान दिपेन्द्र सिंह ऐरी पनि ६ रनमा आउट भएपछि नेपाल स्कोरबोर्डमा रन जोडन संघर्ष गर्न बाध्य भयो । त्यसपछि नेपालको स्कोर ४१ रन हुदा रोहितकुमार पौडेल मात्र चार रनमा आउट भए । एकपछि अर्को विकेट गुमाएको नेपालको नेपालले ८५ रन हुदा थप पांच विकेट गुमायो । अन्तत नेपाल मात्र एक सय तीन रनमा अलआउट भयो । नेपालका पारीलाई ध्वस्त बनाउन मुजीव उर रहमानले ६ विकेट लिए ।

Latest News

To Top