National News

कुन कुन ठाँउमा को को बने क्यानको जिल्ला अध्यक्ष सुचि सहित

नेपाल क्रिकेट संघ अन्तर्गत रहेका ३७ वटा जिल्ला क्रिकेट संघको निर्वाचन सम्पन्न भएको छ । क्यानमा आबद्ध ३९ जिल्लामध्ये २ क्रिकेट संघमा भने विवादका कारण निर्वाचन हुन सकेको छैन ।

ललितपुर र भक्तपुरमा विवादका कारण निर्वाचन हुन नसकेको हो। क्यानको संशोधित विधान अनुसार जिल्ला क्रिकेट संघको निर्वाचन कात्तिक ८ भित्र गरिरसक्नुपर्ने व्यवस्था छ । जिल्ला संघको निर्वाचनपछि अब प्रदेश क्रिकेट संघको निर्वाचन हुनेछ । प्रदेश क्रिकेट संघको निर्वाचनका लागि प्रत्येक जिल्लाबाट ४–४ प्रतिनिधि छनोट भइसकेका छन् । प्रदेश संघको निर्वचान ८ मंसिरभित्र गरिसक्नुपर्नेछ।

प्रदेशको निर्वाचन सकिएपछि क्यानको केन्द्रीय समितिको निर्वाचन हुनेछ । पुस ९ भित्र क्यानले नयाँ नेतृत्व पाउनेछ । संशोधित विधान अनुसार केन्द्रीय समिति १७ सदस्यीय, प्रदेश १३ सदस्यीय र जिल्ला १५ सदस्यीय हुने व्यवस्था छ।
केन्द्रीय समितिको निर्वाचनका लागि एक जिल्लाबाट एक प्रतिनिधि आउनेछन् । यस्तै, प्रदेश संघबाट प्रत्येक २ जिल्ला बराबर १ प्रतिनिधिले केन्द्रीय समितिमा भाग लिन पाउनेछन् । क्यानको संशोधित विधानमा हालको १७ सदस्यीय कार्यसमितिका सदस्यले साधारणसभामा मताधिकार पाउने छैनन् । राष्ट्रिय खेलकुद परिषदले भदौ २६ गते क्यानको संशोधित विधानलाई स्वीकृति प्रदान गरेसँगै विधान लागू भएको थियो।

नेपाल लाइभमा आधारीत भएर

कुन जिल्लामा को बने अध्यक्ष ?

प्रदेश१
इलाम – मानबहादुर राई
झापा – लाक्पा लामा
मोरङ – सुनिलकुमार पौडेल
सुनसरी – चेतनाथ पौडेल
उदयपुर – शम्भुप्रसाद शर्मा


प्रदेश २

धनुषा – हीरा भगत
सप्तरी – शैलेशकुमार चौधरी
सिराहा – सुनिलकुमार महासेठ
सर्लाही – माधव कर्माचार्य
महोत्तरी – रोशन सिंह
रौतहट – पवन साह
बारा – प्रभात चौरसिया
पर्सा – मोहम्मद दाउद अन्सारी

प्रदेश ३
चितवन – कैलाश प्रधान
मकवानपुर – संजोग पोखरेल
काठमाडौं – दिवाकर घले
भक्तपुर – निर्वाचन नभएको
ललितपुर – निर्वाचन नभएको
नुवाकोट – दुर्गाराज पाठक

प्रदेश ४
नवलपरासी (बर्दघाट-सुस्ता पूर्व) – प्रकाश पौडेल
स्याङ्जा – दिपानु पोखरेल
कास्की – सञ्जयकान्त सिग्देल
तनहुँ – काशीराम श्रेष्ठ


प्रदेश ५

नवलपरासी (बर्दघाट-सुस्ता पश्चिम) – कृष्णप्रसाद श्रेष्ठ
पाल्पा – राजेश श्रेष्ठ
कपिलवस्तु – प्रकाश गैरे
दाङ – प्रदीप मजगैयाँ
रुपन्देही – प्रशान्तविक्रम मल्ल
बाँके – दुर्गा थापा सेन
बर्दिया – विनयराज भण्डारी

प्रदेश ६
सुर्खेत – श्रीधर केसी

प्रदेश ७
कैलाली – रतनबहादुर कठायत
कञ्चनपुर – वीरेन्द्र चन्द
डडेलधुरा – हरिप्रसाद उप्रेती
बाजुरा – दिलबहादुर कुँवर
बझाङ – प्रविन्द्रबहादुर धामी
दार्चुला – देवेन्द्र भट्ट
बैतडी – लालबहादुर चन्द
डोटी – दिनेश सिंह

Most Popular

To Top