National News

नेपालले अमेरीका र केन्यासँग मैत्रिपुर्ण खेल खेल्ने

काठमाडौं – आगामी डिसेम्बर १ र ३ तारिखमा नेपालले अमेरिका र केन्या बिरुद्द युएइमा मैत्रिपुर्ण खेल खेल्ने भएको छ ।

डिसेम्बरको ६ र ८ तारिखमा नेपालले विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत घरेलु टोली संयुक्त अरब ईमिरेट्स बिरुद्द च्याम्पियनसिपको अन्तिम लेग खेल खेल्नेछ । त्यहि अबसरमा अमेरिकासँग डिसेम्बर १ मा र केन्या बिरुद्द डिसेम्बर ३ मा मैत्रिपुर्ण खेल खेल्ने भएको हो ।

नेपालका पुर्व प्रशिक्षक पुबुदु दासानायके प्रमुख प्रशिक्षक रहेको अमेरिकाले दुबई र ओमानको भ्रमणका क्रममा नेपाल बिरुद्द मैत्रिपुर्ण खेल खेल्ने भएको हो । त्यस्तै अमेरिकाले २ तारिखमा केन्या बिरुद्द युएईमा नै अभ्यास खेल खेल्नेछ भने डसेम्बर ४, ५ र ७ तारिखमा घरेलु टोली ओमा बिरुद्द तीनवटा अभ्यास खेल खेल्नेछ ।T

Most Popular

To Top