Nepal U19

नेपालको १०० रन पुरा

Dipendra Singh Airee

एसीसी अन्डर नाइन्टिन एशीया कपको सेमीफाइनलमा नेपालले अहिले चिरप्रतिद्धन्दी अफगानिस्तानसंग प्रतिस्पर्धा गरिरहेको छ ।

मलेसियाको किनरारा ओभल मैदानमा जारी खेलमा टस हारेर ब्याटिङ गरिरहेको नेपालको सुरुवात आज निकै खराव रहयो । नेपालको स्कोर दुई रन हुदा आसिफ सेख आशिफ शेख खाता खोल्न नपाउदै पेभेलियन फर्किए । त्यसपछि अर्का ओपनर जितेन्द्रसिंह ठकुरी पनि मात्र एक रनमा आउट भएपनि नेपालले नौ रनमा दोस्रो विकेट गुमायो ।

अर्का भरपर्दा ब्याट्सम्यान कप्तान दिपेन्द्र सिंह ऐरी पनि ६ रनमा आउट भएपछि नेपाल स्कोरबोर्डमा रन जोडन संघर्ष गर्न बाध्य भयो । त्यसपछि नेपालको स्कोर ४१ रन हुदा रोहितकुमार पौडेल मात्र चार रनमा आउट भए । एकपछि अर्को विकेट गुमाएको नेपालको नेपालले ८५ रन हुदा थप चार विकेट गुमायो । नेपालका लागि अनिल शाहले ५० रन बनाउनु बाहेक अरु खेलाडीले दोहोरो अंक छुन सकेनन । त्यसपछि अरु एक रन जोडदा नेपालले नबौ विकेट खेर फाल्यो ।

Latest News

To Top