Nepal U19

अफगानी विरुद्ध नेपालको हेड टु हेड, के होला भोलिको खेल

एसीसी अन्डर नाइन्टिन एशिया कपको सेमिफाइनलमा नेपालले भोली चिरप्रतिद्धन्द्धी अफगानिस्तानसंग खेल्दैछ ।

मलेसियाको किनरारा ओभल मैदानमा हुने खेल नेपाली समय अनुसार विहान सवा सात बजेबाट सुरु हुनेछ । समुह चरणमा उत्कृष्ट प्रदर्शन गर्दै पहिलो पटक युथ एशिया कपको सेमिफाइनलमा पुगेको नेपालले भारतलँई १९ रन र मलेसियालाई आठ विकेटल हराएको थियो । त्यसो त अफगानिस्तान समुह बीको विजेताका रुपमा अन्तिम चारमा पुगेको हो । उसले समुह चरणमा पाकिस्तान र युएईलाई हराउदा श्रीलंकासंग पराजित भएको थियो । नेपालले अफगानिस्तानलाई अन्तिम पटक २०११ मा हराएको थियो । अहिलेसम्म यी दुई टिम नौ पटक आमनेसामने भएका छन ।

जसमा चार खेल नेपालले जित्दा ५ खेलमा अफगानिस्तान विजयी भएको थियो । एसीसी अन्डर नाइन्टिन एलिट कप अन्र्तत २००७ मा भएको खेलमा नेपाल ४८ रनले विजयी भएको थियो भने २००९मा नेपालले ६ विकेटको जित निकालेको थियो । यहि प्रतियोगिता अन्तर्गत २०११ मा नेपालले अफगानिस्तानलाई समुह चरणमा ६ विकेटल हराउदा फाइनलमा भने ६१ रनले पराजित भएको थियो । यस्तै एसीसी अन्डर नाइन्टिन प्रिमयर लिगमा नेपाल र अफगानिस्तान दुई पटक खेल्दा दुबै पटक अफगानिस्तान विजयी भएको छ ।

२०१४ मा भएको खेलमा नेपाल पाच विकेटले पराजित भएको थियो भने २०१५ मा १० विकेटको भारी अन्तरले हार्न पुगेको थियो । यस्तै आइसीसी अन्डर नाइन्टिन विश्वकप छनोट अन्तर्गत २०११ मा नेपालले अफगानि टिममाथि ४२ रनको जित निकाल्दा २०१७ मा दुई पटक खेल्दा दुबै पटक हारेको थियो । यसपटक भने राम्रो लयमा देखिएको नेपाल र अफगानिस्तान विचको खेल रोचक हुने विश्वास गरिएको छ । अफगानिस्तानको बलिङलाई नेपाली ब्याट्सम्यानले थेग्न सकेमा बलिङमा नेपालले दवाव दिनसक्नेछ ।

हेड टु हेड : नेपाल भर्सेस अफगानिस्तान

एसीसी यू-१९ एलिट कप
२००७ : नेपाल ४८ रनले विजयी
२००९ : नेपाल ६ विकेटले पराजित
२०११ : नेपाल ६ विकेटले विजयी समूह चरण, फाइनलमा अफगानिस्तान ६१ रनले विजयी

आइसीसी यू-१९ वर्ल्ड कप क्वालिफायर
२०११ : नेपाल ४२ रनले विजयी
२०१७ : नेपाल १४२ रनले पराजित पहिलो लिग, नेपाल ९६ रनले पराजित दोस्रो लिग

एसीसी यू-१९ प्रिमियर लिग
२०१४ : अफगानिस्तान ५ विकेटले विजयी
२०१५ : अफगानिस्तान १० विकेटले विजयी

Latest News

To Top