Nepal U19 Cricket

नेपालको तेस्रो विकेट झर्यो, आशिफ आउट

एसीसी अन्डर नाइन्टिन एशीया कप अन्तर्गत नेपालले आफ्नो पहिलो खेलमा अहिले बंगलादेश संग खेलिरहेको छ ।

किनरारा ओभल मैदानमा बर्र्षाका कारण निर्धारित समय भन्दा झन्डै दुइ ढिलो गरी सुरु भएको खेलमा नेपाल टस हारेर ब्याटिङ गरिरहेको छ । नेपालले सुरुवाती दश ओभरको समाप्तिमा एक विकेट गुमाउदै ३३ रन बनँएको थियो । नेपालका लागि आसिफ शेख र जितेन्द्र सिंहले ओपनिङ गरेका थिए । तर ओपनिङ जोडीको साझेदारी भने लामो सयम टिक्न सकेन् । जितेन्द्र ६ रनको ब्यक्तिगत स्कोरमा हसन मोहम्मदको वलमा आउट भए ।

त्यसपछि नेपालको स्कोर ४८ रन हुदा दोस्रो विकेट झरयो । अनिल शाह १९ रनमा पेभेलियन फर्किए । नेपालले ६५ रन बनाउदा तेस्रो विकेट गुमाउन पुग्यो । आशिफ शेख ३० रनमा आउट हुन पुगे । ५० ओभर बाट खेल ४३ ओभरमा झारिएको छ ।

Most Popular

To Top