Nepal U19 Cricket

बङगलादेशको पहिलो विकेट झर्यो, ५० रन पुरा

एसीसी अन्डर नाइन्टिन एशीया कप अन्तर्गत नेपालले बंगलादेशलाई एक सय ८१ रनको लक्ष्य दिएको छ ।

मलेसियाको किनरारा ओभल मैदानमा बर्षाका कारण निर्धारित समय भन्दा झन्डै दुइ घण्टा ढिलो गरी सुरु भएको खेलमा नेपाल टस हारेर ब्याटिङ गर्दै एक सय ८१ रनको लक्ष्य दिएको हो । नेपालले सुरुवाती दश ओभरको समाप्तिमा एक विकेट गुमाउदै ३३ रन बनँएको थियो । नेपालका लागि आसिफ शेख र जितेन्द्र सिंहले ओपनिङ गरेका थिए । तर ओपनिङ जोडीको साझेदारी भने लामो सयम टिक्न सकेन् । जितेन्द्र ६ रनको ब्यक्तिगत स्कोरमा हसन मोहम्मदको वलमा आउट भए । त्यसपछि नेपालको स्कोर ४८ रन हुदा दोस्रो विकेट झरयो । अनिल शाह १९ रनमा पेभेलियन फर्किए । नेपालले ६५ रन बनाउदा तेस्रो विकेट गुमाउन पुग्यो । आशिफ शेख ३० रनमा आउट हुन पुगे ।

त्यसपछि कप्तान दिपेन्द्रसिंह ऐरी पनि मात्र १२ रनमा पेभेलियन फर्किएपनि नेपालले ७० रनमा चौथो विकेट गुमायो । नेपालको पारिलाई रोहित कुमार पौडेल र भिम सार्कीले सम्हाल्न खोजेका थिए । उनले पाचौ विकेटका लागि ७९ रनको साझेदारी गरेका थिए । रोहितले ४० रन बनाउदा भिमले ४४ रनको योगदान गरे । नेपालले एक सय ५९ रन बनाउदा ६ विकेट झर्न पुग्यो । नेपालले ४० ओभर एक बलमा ६ विकेट गुमाउदै एक सय ६७ रन बनाउदा पुन बर्षा भएपछि डकवर्थ लुइसको नियममा बंगलादेशले एक सय ८१ रनको लक्ष्य पाएको हो ।

जवाफमा बंगलादेशले बलियो सुरुवात गरेको थियो । पहिलो विकेटका लागि पिनाक घोष र मोहम्मद निम शेखले पहिलो विकेटका लागि ४७ रनको साझेदारी गरेका थिए । तर पिनाकलाई २४ रनमा कमलसिंह ऐरीले पेभेलियन फर्काए ।

Most Popular

To Top