Nepal U19 Cricket

नेपालको ५० रन पुरा, दोस्रो विकेट झर्यो

एसीसी अन्डर नाइन्टिन एशीया कप अन्तर्गत नेपालले आफ्नो पहिलो खेलमा अहिले बंगलादेश संग खेलिरहेको छ ।

किनरारा ओभल मैदानमा बर्षाका कारण निर्धारित समय भन्दा झन्डै दुइ ढिलो गरी सुरु भएको खेलमा नेपाल टस हारेर ब्याटिङ गरिरहेको छ । नेपालले सुरुवाती दश ओभरको समाप्तिमा एक विकेट गुमाउदै ३३ रन बनँएको थियो । नेपालका लागि आसिफ शेख र जितेन्द्र सिंहले ओपनिङ गरेका थिए । तर ओपनिङ जोडीको साझेदारी भने लामो सयम टिक्न सकेन् । जितेन्द्र ६ रनको ब्यक्तिगत स्कोरमा हसन मोहम्मदको वलमा आउट भए । त्यसपछि नेपालको स्कोर ४८ रन हुदा दोस्रो विकेट झर्यो । तेस्रो नम्वरमा ब्याटिङमा आएका अनिल शाह १९ रनमा पेभेलियन फर्किए । ५० ओभर बाट खेल ४३ ओभरमा झारिएको छ ।

Most Popular

To Top