Nepal U19 Cricket

पहिलो खेलमा नेपाल बङगलादेशसग २ विकेटले पराजित

नेपालले एसीसी अन्डर नाइन्टिन एशीया कपको अपाm्नो पहिलो खेलमा बंगलादेश संग डकवर्थ लुइस नियम अनुसार दुई विकेटको हार बेहोरेको छ । नेपाल विरुद्ध बंगलादेशले खेल सकिन एक वल बांकी रहदा रोमाञ्चक जीत हात पारेको हो ।

मलेसियाको किमरारा ओभल मैदानमा वर्षाले प्रभावित भएको खेल ५० ओभर बाट ४३ ओभरमा झारिएको थियो । टस हारेर ब्याटिङ गरेको नेपालले टेस्ट मान्यता प्राप्त राष्ट्र बंगलादेशलाइ डर्कवथ एण्ड लुइसको नियमका आधारमा नेपालले बंगलादेशलाई एक सय ८१ रनको लक्ष्य दिएको छ । तर नेपालको सुरुवात भने राम्रो हुन सकेन । नेपालको स्कोर ३३ रन हुदा पहिलो विकेट झरेको थियो । जितेन्द्रसिंह ठकुरी ६ रनमा पेभेलियन फर्किए । त्यसपछि नेपालले ६५ रन बनाउदा तीन विकेट गुमाएको थियो । नेपालका लागि आशिफ शेखले ३० रन बनाउदा रोहित कुमार पौडेल र भिम सार्कीले नेपालको पारी सम्हालेका थिए ।

उनले पाचौ विकेटका लागि ७९ रनको साझेदारी गरेका थिए । रोहितले ४० रन बनाउदा भिमले ४४ रनको योगदान गरे । नेपालले एक सय ५९ रन बनाउदा ६ विकेट झर्न पुग्यो । नेपालले ४० ओभर एक बलमा ६ विकेट गुमाउदै एक सय ६७ रन बनाउदा पुन बर्षा भएपछि डकवर्थ लुइसको नियममा बंगलादेशले एक सय ८१ रनको लक्ष्य पाएको हो । जवाफमा बंगलादेशका पिनाक घोष र मोहम्मद निम शेखले पहिलो विकेटका लागि ४७ रनको साझेदारी गरेका थिए । तर पिनाकलाई २४ रन बनाए भने निम शेखले ५२ रनको योगदान गरे । यस्तै अफिफ हुसनेले ३३ र महिदुल इस्लामले २४ रन जोडे । बलिङ तर्फ नेपालका सन्दिप लामिछाने र कमलसिंह ऐरीले दुई दुई विकेट लिए ।

Most Popular

To Top