Nepal Women

नेपालले दियो १०३ रनको लक्ष्य

थाइल्यान्डमा जारी आइसीसी महिला ट्वान्टी ट्वान्टी विश्वकप एशीया क्षेत्रको छनौटमा नेपालले समुहको अन्तिम खेलमा चीनलाई एक सय तीन रनको लक्ष्य दिएको छ ।

ट्रेडथाइ क्रिकेट ग्राउन्डमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा आठ विकेट गुमाउदै एक सय दुई रन बनायो । राम्रो सुरुवात गर्न नसकेको नेपालले १४ रन हुदा पहिलो विकेट गुमायो । त्यसपछ ि२० रनमा दोस्रो विकेट गुमाएको नेपालले ५१ रन हुदा चार विकेट खेर फाल्यो । एकपछि अर्को विकेट गुमाएको नेपालले ८३ रन हुदा आठ विकेट गुमायो । नेपालका लागि काजल श्रेष्ठले १६ रन बनाउदा नेरी थापाले ११ रन जोडीन । यस्तै कप्तान रुविना क्षेत्रीले १८ रन बनाउदा बाकि खेलाडीले दोहोरो रन जोडन सकेनन ।

Latest News

To Top