Nepal Women

चीनलाइ ५० रनले हराए पनि नेपाल विश्वकप छनोटबाट बाहिर

थाइल्यान्डमा जारी आइसीसी महिला ट्वान्टी ट्वान्टी विश्वकप एशीया क्षेत्रको छनौटमा नेपालले समुहको अन्तिम खेलमा चीनलाई ५० रनले हराएको छ । जितपछि पनि नेपाल विश्वकप छनोटबाट बाहिरीएको छ ।

ट्रेडथाइ क्रिकेट ग्राउन्डमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा आठ विकेट गुमाउदै एक सय दुई रन बनायो । राम्रो सुरुवात गर्न नसकेको नेपालले १४ रन हुदा पहिलो विकेट गुमायो । त्यसपछि २० रनमा दोस्रो विकेट गुमाएको नेपालले ५१ रन हुदा चार विकेट खेर फाल्यो । एकपछि अर्को विकेट गुमाएको नेपालले ८३ रन हुदा आठ विकेट गुमायो । नेपालका लागि काजल श्रेष्ठले १६ रन बनाउदा नेरी थापाले ११ रन जोडीन । यस्तै कप्तान रुविना क्षेत्रीले १८ रन बनाउदा बाकि खेलाडीले दोहोरो रन जोडन सकेनन ।

जवाफमा चीन १८ ओभर दुई बलमा ५२ रनमा अलआउट भयो । चीनका दुई खेलाडीले मात्र दोहोरो अंक छुन सके । जसमा हान लीले १५ तथा जोहुले १० रन बनाइन । तीन रन हुदा पहिलो विकेट गुमाएको चीनले २४ रन हुदा पाच विकेट गुमाएको थियो । एकपछि अर्को विकेट गुमाएको चीन अन्तत ५२ रनमा अलआउट भयो । बलिङ तर्फ नेपालका लागि रुविना क्षेत्री र सबनम राईले तीन तीन विकेट लिए भने सिता रानामगरले दुई विकेट लिए ।

Latest News

To Top