Nepal Women

नेपालको कमजोर ब्याटिङ

थाइल्यान्डमा जारी आइसीसी महिला ट्वान्टी ट्वान्टी विश्वकप एशीया क्षेत्रको छनौटमा नेपालले समुहको अन्तिम खेलमा अहिले चीन संग प्रतिस्पर्धा गरिरहेको छ ।

ट्रेडथाइ क्रिकेट ग्राउन्डमा टस हारेर ब्याटिङ गरिरहेको नेपालले सुरुवाती दुइ विकेट गुमँइसकेको छ । ओपनर ज्योती पान्डे ब्यक्तिगत नौ रनमा आउट हुदा अर्की ओपनर सिता राना मगर मात्र चार रनमा पवेलियन फर्किइन् । नेपालले सुरुवाती आठ ओभरमा दुइ विकेट गुमाउदै ४० रन बनाएको थियो । तर नेपालको मिडिलअडर खासै राम्रो चल्न सकेन । ४८ रन हुदा तीन विकेट गुमाएको नेपालले ६८ रन हुदा सात विकेट खेर फाल्यो ।

नेपालको शीर्ष दुइमा रहदै ग्लोवल छनौटमा पुग्ने झिनो संभावना अझै कायमै रहेको छ । त्यसका लागि नेपालले चीनलाइ हराएर मात्र पुग्दैन । मलेसिया र युएइ तथा हङकङ र थाइल्यान्ड बीचको खेलको नतिजा पनि भर पर्नु पर्नेछ । नेपाल चार खेल बाट चार अंक जोड्दै तालिकाको चौथो स्थानमा छ । सात अंक बटुलेको थाइल्यान्ड शर्षि स्थानमा रहदा ६ अंकका साथ युएइ दोस्रो र पाच अंक हात पारेको हङकङ तेस्रो स्थानमा छ । यदि नेपालले भोली फराकिलो जीत हात जीत पार्यो तथा युएइ र हङकङ आ आफ्नो खेलमा पराजित भए नेपाल शीर्ष दुइमा रहनेछ । नेपालले यसअघि वर्षाका कारण थाइल्यान्ड र हङकङ संग अंक बाड्दा युएइ संग पांच रनको हार बेहोरेको थियो । नेपालले मलेसिया माथि भने ३३ रनको जीत निकालेको थियो । मलेसिया र चीन भने छनौट बाट बाहिरी सकेका छन ।

Latest News

To Top